सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लगाउँदै आएको लकडाउन अवधि फेरि बढाउने भएको छ ।
पछिल्लोपटक थपिएको लकडाउन अवधि ५ जेठमा सकिँदैछ । दिनहुँजसो कोभिड–१९ का नयाँ संक्रमित थपिएपछि सरकारले फेरि लकडाउन बढाउन लागेको हो । एक मन्त्रीका अनुसार अब कम्तिमा १५ दिन लकडाउन अवधि बढाउने सम्भावना छ ।
‘एक, दुई वा तीन साता लकडाउन थप्नुपर्ने सुझावहरु आएका छन्’, ती मन्त्रीले काठमाण्डुटुडेसँग भने, ‘अब १५ दिन लकडाउन थपिने सम्भावना छ । सरकारले नेपालमा पहिलो संक्रमित भेटिएको दुई दिनपछि ११ चैतयता लगातार लकडाउन गर्दै आएको छ ।