सरकारले कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्नु आगामी वर्षको प्रमुख नीति रहेको बताएको छ ।
संघीय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाका कारण कसैलाई कसैको ज्यान जान नदिन दृढतापूर्वक काम गर्ने प्रतिबद्धता जनाइन् । सरकारले कोरोना संक्रमणको परीक्षण व्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने नीति कार्यक्रममा उल्लेख छ ।