सरकारले नेपाली सेनाको हेलिकोप्टरमार्फत भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको स्थान कालापानी नजिकै सशस्त्र प्रहरी उतार्ने भएको छ ।
सेनाको हेलिकोप्टरले बुधबार सशस्त्र प्रहरीलाई काठमाण्डुबाट कालापानी लाने भएको हो । गृह मन्त्रालयले सशस्त्र ओसार्न सैनिक हेलिकोप्टर उपलब्ध गराउन सैनिक हवाई महानिर्देशनालयलाई पत्राचार गरेको छ ।
गृहमन्त्री रामबहादुर थापाले सैनिक हेलिकोप्टरमा सशस्त्र प्रहरी लैजान पत्राचार गर्न दिर्नेशन दिएपछि पत्र पठाइएको हो ।