एजेन्सी– कोरोना भाइरस (कोभिड–१९) विरुद्धको औषधि बनाउन सक्रिय एक चिकित्सकको मृत्यु भएको छ ।
भरत चेन्नइका शिवनेसन नामका ती चिकित्सकले कोरोनाविरुद्धको औषधि बनाएका थिए । तर, परीक्षणका लागि औषधि खाँदा उनको मृत्यु भएको हो ।
शिवसेनन खोकीको औषधि निर्माण गर्ने एक आयुर्वेदिक कम्पनीमा फर्मासिस्टका रुपमा काम गरिरहेका थिए । शिवसेनन् र काम गर्ने कम्पनीका मालिका राजकुमार दुवैले परीक्षणका लागि एकै साथ औषधि सेवन गरेका थिए । दुवै अचेत भए ।
तत्काल अस्पताल लगिएकामा शिव सेननको तत्काल मृत्यु भयो । कम सेवन गरेका कारण राजकुमार भने जीवितै छन् स यद्यपि उनको पनि अवस्था गम्भीर छ ।