एजेन्सी– एक अध्ययनले आँखाको माध्यमबाट पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण हुने खुलासा गरेको छ ।
हङकङ विश्वविद्यालयमाा गरिएको एक अध्ययनले आँखा पनि कोभिड–१९ सार्ने माध्यम भएको देखाएको हो ।
हङकङ विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थ विषयमा प्राध्यापक डा. माइकल चान ची वाई नेतृत्वको अध्ययनकर्ताहरुको टोलीले श्वासनली र आँखाबाट पनि कोरोना सर्ने दाबी गरेको साउथ चाइना मर्निङ पोष्टमा प्रकाशित समाचारमा जनाइएको छ ।
डा. चेनले सार्सको तुलनामा आँखा र माथिल्लो श्वासनलीबाट कोरोनाको मानिसमा संक्रमण गर्ने क्षमता ८० देखि १ सय प्रतिशत रहेको बताए । उनले कोरोनाबाट जोगिन आँखामा नछुन पनि भनेका छन् ।
उनले मास्क र पीपीईको प्रयोगले मात्र कोरोना नियन्त्रण गर्न नसकिने तथ्य आफूहरुको अध्ययनबाट प्रमाणित भएको उल्लेख गरे ।