कांग्रेस सभापति शेरबहादुर देउवाले हिंसा, र हत्या मुलुकबाट सधैंका लागि अन्त्य हुनुपर्ने बताएका छन् ।
२५६४ औं बुद्ध जयन्तीका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै देउवाले अन्याय, अत्याचार र सबै प्रकारका दमनबाट मुक्ति देशबासीले मुक्त पाउन् भन्ने कामना गरेका हुन् ।
देउवाले दिशो शान्ति बिना मुलुकको समग्र विकास सम्भव नभएकामा जोड दिँदै काँग्रेसले पहिलो प्राथमिकता नै शान्तिाई दिँदै आएको बताए । ‘विगतका वर्षहरु अशान्ति र द्वन्दबाट आक्रान्त रहेको हाम्रो देश अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकारविरोधी लगायतका घटनाहरुबाट मुक्त हुन सकेको छैन’, देउवाले भनेका छन्, ‘शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रा सामु थुप्रै अवसरहरु रहेका छन् । हिंसा, हत्या, अपहरण जस्ता मानव अधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गरिनुपर्दछ ।’
देउवाले शान्ति, सहिष्णुता तथा सदभावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालन गर्न तथा अशान्ति, हत्या र हिंसाको विरोध गर्न अपिल गरेका छन् ।