नेकपा उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पु्ष्पकमल दहमाल प्रचण्डलाई भेटेका छन् ।
पार्टी विवाद पुन सतहमा आएका बेला गौतम प्रचण्ड भेट्न खुमलटार पुगेका हुन् । प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओली सचिवालय बैठकको सहमतिबाट पछि हटेको चर्चाका बीच गौतमले प्रचण्ड भेटेका छन् ।
गत शनिबारको सचिवालय बैठकले गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय गरेको थियो । त्यसपछि गौतम ओली कित्तामा उभिएका थिए ।