सरकारले आगामी ५ जेठसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।
बुधबार बाल्वाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना भाइर कोभिड–१९ का नयाँ संक्रमित थपिने क्रम नरोकिएकाले लकडाउन बढाइएको एक मन्त्रीले जानकारी दिए ।
यसअघि थप गरिएको लकडाउनको अवधि भोलि (बुधबार) सकिँदैछ । बाँकेको नेपालगञ्जमा आइतबार १५ जना र सोमबार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नारायणी अस्पतालबाट उपचार गराएर निको भएपछि घर फर्किएका दुई जनामा मंगलबार पुनः कोरोना पोजेटिभ देखिएपछि सरकारले लकडाउन लम्ब्याउनुको विकल्प नदेखेको हो ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत ११ चैतदेखि लकडाउन गर्दै आएको छ ।