काठमाडौं । कोरोना संक्रमणको महामारीमा विश्वभर ज्यान गुमाउनेहरुको संख्या २ लाख ५१ हजारभन्दा बढी पुगेको छ । ३५ लाख ८० हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ । समग्र संक्रमितको एक चौथाइ संख्या अमेरिकामा मात्रै छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६८ हजार ९ सय २० र संक्रमितको संख्या ११ लाख ७८ हजार ९ सय ६ पुगेको छ ।
स्पेनमा २ लाख १८ हजार ११ जनामा संक्रमण र २५ हजार ४ सय २८ जनाको मृत्यु भएको छ ।
यसैगरी इटलीमा २ लाख ११ हजार ९ सय ३८ जनामा संक्रमण र २९ हजार ७९ जनाको मृत्यु भएको छ ।
विश्वभर ११ लाख ६२ हजार ५ सय ६३ जना उपचारपछि निको भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ ।