एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस (कोेभिड–१९) विरुद्धको खोप बन्न अझै केही समय लाग्ने बताएका छन् ।
ट्रम्पले कोभिड–१९ विरुद्धको खोज सन् २०२० को अन्तिमम्म बन्ने भविष्यबाणी गरे । फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने, ‘यो वर्षको अन्तिमसम्ममा कोभिड–१९ को खोप बनिसक्छ, यसमा म ढुक्क छु ।’
ट्रम्पले बिसीजीको औषधिका रुपमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विनले कोरोना निको हुने विवादास्पद भनाइ उनले अन्तर्वार्तामा पुनः दोहो¥याए । आफ्नो सल्लाहपछि धेरैले उक्त औषधि सेवन गरेका कारण महामारीबाट मर्नेको संख्या घटाउन थोरै भए पनि योगदान गरेको दाबी ट्रम्पको थियो ।
ट्रम्पले कोरोना महामारी रोक्न समयमै कदम नचालेको भन्ने आरोपको खण्डन गरे । अमेरिकी गुप्तचर निकायले गलत सूचना दिएका कारण आफूमाथि आलोचना भइरहेको उनको भनाइ छ ।