प्रवासी नेपाली एकता मञ्च ओमनले मे १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन पार्टी केन्द्रिय सदस्य तथा प्रवास समन्वय कमिटीका अध्यक्ष क. युवराज चौलागाई र सचिव श्री प्रसाद शाह संग समसामयिक विषयमा केन्द्रित रहेर भिडियो कन्फरेन्स मार्फत अन्तरक्रिया कार्यक्रम गरेको छ ।
भिडियो कन्फरेन्समा अन्तर्राष्ट्रिय मजदुर दिवसको शुभकामना आदान प्रदान सहित विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट ओमान लगायत अन्य मुलुकमा समेत रहेका नेपालीहरुको अवस्थाबारेमा बहस भएको थियो । प्रवासमा कोहि पनि हतोत्साहित नहुन आग्रह गर्दै, नेपाल सरकारले यी समस्या जटिल रुपमा आइपरेको अवस्थामा नेपालीलाई आफ्नो देश फर्किनको लागि ब्यवस्थापन गर्नेछ । प्रवासमा कोरोनाले गर्दा नेपालीलाई निकै जटिल समस्या आउन सक्ने भएको हुदा सरकार संग जोडदार आवाज उठाउने प्रवास समन्वय कमिटीका अध्यक्षले बोलेका थिए ।
अहिले कोरोनाले सबैलाई त्रसित बनाएको छ, यसबाट बच्न सबैले सावधानी अपनाउन पर्छ । पार्टीमा अहिले देखिएको समस्या बिचार, मञ्चन मात्र भएको हो । तथ्यहिन समाचारको पछि नलाग्न र पार्टीको कार्यकर्ता विधी, पद्धति र सिद्धांतको आधारमा बिरोध र समर्थन गर्नु पर्ने हुन्छ । यसले सिङ्गो पार्टी र नेतृत्वमा हित हुने प्रवास समन्वय कमिटीका सचिब श्री प्रसाद शाहले बोलेका थिए ।
प्रवासी नेपाली एकता मञ्च ओमनको आयोजनामा सम्पन्न भिडियो कन्फरेयन्स पहिलो अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सफलरुपमा सम्पन्न भएको छ ।
मञ्चका अध्यक्ष उमेस बि.कको अध्यक्षता र सचिव महेश न्यौपानेको सञ्चालनमा भिडियो कन्फरेयन्स कल भएको थियो ।