म्याग्दी/हिमाली जिल्ला म्याग्दीका कृषकहरु असिनापानीको क्षतिले समस्यामा परेका छन् । उनीहरुलाई असिना पानीबाट हिउँदको समयमा खेतबारीमा लगाएको खाद्यान्न तथा तरकारी खेतीमा क्षति पु¥याएपछि थप समस्यामा पारेको छ । विश्वभर कोरोना भाइरस (कोभिड–१९)का कारणले गर्दा देशमा जारी लकडाउनका कारणले गर्दा समयमै कृषिजन्य बिऊमल नपाएको अवस्थामा परेको असिनापानीले थप मर्माहत बनाएको हो ।
पाकेको खाद्यान्न बाली र फुल खेल्दै गरेको तरकारी तथा फलफुल खेतीमा असर पुगेपछि कृषकलाई पीडामाथि पीडा थपिएको छ । गएको चैत अन्तिम साता र बैशाखको पहिलो साता परेको असिनापानीले उत्तरी म्याग्दीको अन्नपूर्ण, रघुगंगा र बेनी नगरपालिकाका कृषकहरु मर्कामा परेका छन् । हिउँदको समयमा लगाएको खेतीबाली थन्क्याउने समयमा परेको असिनापानीले गहुँ, जौ, ऊवा, तोरीलगायत तरकारी र फलफुलमा क्षति गरेपछि कृषकहरु चिन्तित बनेका छन् ।
गत असोज महिनामा बेनी नगरपालिकाको ज्यामरुककोट, मंगलाको हिदी, बरंजालगायत क्षेत्रमा भिœयाउने बेलाको धान, कोदो, भटमासलगायत वर्षेबाली असिनाले चुटेर सखाप बनाएको थियो । अहिले सोमबार दिउँसैदेखि म्याग्दीको ज्यामरुककोट, भकिम्लीको तोराखेत लगायतका क्षेत्रमा परेको भीषण असिनापानीले त्यस क्षेत्रको गहुँलगायत तरकारी र फलफुल बाली पूर्ण रुपले नष्ट गरेको छ । ज्यामरुककोटको फापरखेत, भकुण्डे, सानालेख, तमाने, गौश्वारा, भकिम्लीको तोराखेत, डाँडाखानीलगायत जिल्लाको पश्चिम क्षेत्रमा परेको ठूलो असिनापानीले गहुँ, जौ, उवासहितका खाद्यान्न र तरकारी तथा फलफुलमा क्षति पुगेको कृषकहरुले बताएका छन् ।
असिनाका कारण खेतमा पाक्नै लागेको गहुँ र भर्खरै बतिला लागेको सुन्तला खेती कामै नलाग्ने गरी झारीदिएको बेनी नगरपालिका–२, सानालेखका कृषक हरिप्रसाद शर्माले गुनासो गरे । ज्यामरुककोट क्षेत्रमा गत असोजको दशैंको टिकाको दिन दशवर्ष यताकै ठूलो असिनापानी परेर पाक्नै लागेको धानबाली पूर्ण रुपमा नष्ट भएको थियो । सो दिन परेको भीषण असिनापानीले धानबाली नष्ट गरेपछि कृषकले यसवर्ष धान भिœयाउन पाएनन् ।
सरकारले २ सय १६ जना असिनापीडित कृषकलाई राहतस्वरुप ३८ लाख रुपैयाँ उपलव्ध गराएको र सो रकम सरकारी मापदण्ड अनुसार लकडाउनपछि वितरण गरिने बेनी नगरपालिका–२, का वडा अध्यक्ष हिराबहादुर थापाको भनाइ छ । असिनाले धान र गहुँ मात्रै नभई यस क्षेत्रमा लगाइएका बेमौसमी तरकारी खेतीसहित मकैबाली पनि सखाप बनाइदिएको छ । बाक्लो परेको असिनाले काउली, बन्दा, टमाटरलगायत तरकारी बाली नष्ट भएको कृषक डिलबहादुर थापाले बताए ।
वडाध्यक्ष थापाले गहुँ, तरकारी र फलफुल बालीको क्षतिको विवरण सङ्कलन गरी बेनी नगरपालिकाबाट राहत उपलव्ध गराउन आफूले सक्दो प्रयास गर्ने जानकारी दिएका छन् । उनले कृषकहरुमा परेको पीडाबाट आफू पनि मर्माहत भएको बताउँदै नगरपालिकाबाट राहत उपलव्ध गराउने विषयमा नगर प्रमुख हरिकुमार श्रेष्ठले पनि चासो देखाएको हुँदा केही दिनमा समस्या समाधानको पहल गरिने जानकारी दिए ।
हिमाली जिल्ला म्याग्दीका कृषकहरु असिनापानीको क्षतिले समस्यामा परेका छन् । उनीहरुलाई असिना पानीबाट हिउँदको समयमा खेतबारीमा लगाएको खाद्यान्न तथा तरकारी खेतीमा क्षति पु¥याएपछि थप समस्यामा पारेको छ । विश्वभर कोरोना भाइरस (कोभिड–१९)का कारणले गर्दा देशमा जारी लकडाउनका कारणले गर्दा समयमै कृषिजन्य बिऊमल नपाएको अवस्थामा परेको असिनापानीले थप मर्माहत बनाएको हो ।