आधुनिकतामा भयौ कि त त्यसै,
कि! अरुले कुरा मात्र काटे कि त्यसै
दुनियाँलाई रङ्गिन देखाउन
भित्र चाहिँ फिक्का भयौ कि कतै
यदि त्यसै हो भने त,
यति मात्र भन्छु यहाँ
तिमी, भोलिको भविष्य अनि
आजका शशक्त युवा……कठै!
केटाहरु चढ्न सक्ने सगरमाथा
हामी किन नसक्ने? भन्दै
पासाङ ल्हामु सगरमाथा चढिन,
केटाहरु पढ्न सक्ने किताब
हामी किन नसक्ने? भन्दै
सहाना हरु सडकमा लडिन
त्यसैको जगमा टेकेर,
केटाहरुले सल्काउन सक्ने
हामी किन नसक्ने?
केटाहरु लठ्ठीन सक्ने
हामी किन नसक्ने?
यस्तै भन्दै पो छौ कि कतै
दुनियाँलाई रङ्गिन देखाउन
आफैं चाहिँ फिक्का हुँदै छौ कि कतै
आधुनिकतामा भयौ कि त त्यसै
कि! अरुले कुरा मात्र काटे कि त्यसै
आजकाल अलि बढी सुन्दैछु, देख्दैछु
चर्चा चलाउन योग्य भयौ कि त त्यसै
दुनियाँलाई रङ्गिन देखाउन
भित्र चाहिँ फिक्का भयौ कि कतै
कि! अरुले कुरा मात्र काटे कि त्यस्सै