विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट दक्षिण एसियामा एक सय ९३ मानिसको ज्यान गएको छ । जोन्स हप्किन्स विश्वविद्यालयले तयार पारेको तथ्यांक अनुसार यो क्षेत्रमा संक्रमितको संख्या पनि आठ हजार तीन सय ४४ पुगेको छ ।
दक्षिण एसियाकै सबैभन्दा ठूलो मुलुक भारत कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक बनेको छ । अहिलेसम्म भारतमा यसबाट एक सय १८ जनाको मृत्यु भइसकेको छ । यहाँका चार हजार तीन सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
दक्षिण एसियाको दोस्रो प्रभावित पाकिस्तान हो । यहाँका तीन हजार दुई सय ७७ मानिसको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आउँदा यसबाट ५० जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसबाट बंगलादेशमा १३, अफगानिस्तानमा ७ र श्रीलंकामा ५ जनाको मृत्यु भइसकेको छ । दक्षिण एसियाका ८ वटै देशमा कोरोनाको संक्रमण देखिए पनि मृत्य भने ५ देशमा मात्रै भएको छ । ३ देश माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।
सार्क राष्ट्रहरू | कुल मृत्यु | कुल संक्रमित |
भारत | ११८ | ४३१४ |
पाकिस्तान | ५० | ३२७७ |
बंगलादेश | १३ | १७७ |
अफगानिस्तान | ७ | ३६७ |
श्रीलंका | ५ | १७६ |
माल्दिभ्स | ० | १९ |
भुटान | ० | ५ |
नेपाल | ० | ९ |
१९३ | ८३४४ |