जल बिनाको कुनै , ताल हुदैन
नफेरिएको कुनै , साल हुदैन
मानिस बिनाको कुनै , देश हुदैन
परिवर्तन नहुने कुनै , परीवेश हुदैन ।
भाव बिनाको कुनै , गीत हुदैन
माँया बिना कतै , प्रीत हुदैन
युद्ध नलडीकन कतै , जीत हुदैन
दुश्मनहरु संग कदापि , मीत हुदैन ।
ईमानमा बस्नेहरू संग, छलछाम हुदैन
बेइमानीहरुको मन भित्र , राम हुदैन
दुष्ट र भ्रष्टहरु संग , मर्म हुदैन
देश रुवाउनेहरुको कुनै धर्म हुदैन ।
रात नढलिकन सुनौलो , बिहानी हुदैन
नलेखिएको यता कुनै , कहानी हुँदैन
आकास बिना बादल रहने , ठाँउ हुँदैन
ब्यथाहरुमा नदुख्ने कुनै , घाउ हुँदैन ।
मृत्यु पछि मानिस फर्कने , आस हुँदैन
जीवन छदै स्वर्गमा कसैको , बास हुँदैन
अग्लो पहाड झरेर यता , बगर हुँदैन
दु:ख नपरी रुने कसैको , रहर हुँदैन ।