काठमाडौं, २४ कात्तिक – भारत सरकारले पाँच सय र हजार दरका भारतीय रुपैयाँका नोट परिवर्तन गरेको छ । मंगलबार मध्यरातिदेखि पुराना नोट अवैध भएका छन् । साना नोट र सिक्काहरू भने यथावत् चलनचल्तीमा रहनेछन् ।
नेपालमा के प्रभाव पर्छ ?
भीष्मराज ढुंगाना, कार्यकारी निर्देशक, विदेशी विनिमय व्यवस्थापन विभाग, नेपाल राष्ट्र बैंक
दुई वर्षदेखि हामीले नेपालीलाई पाँच सय र हजारका भारतीय रुपैयाँका नोट प्रयोग गर्ने अनुमति दिएका छौँ । त्यसैले, धेरै नेपालीसँग ती नोट छन् । अब त्यो पैसा हामीले कसरी संकलन गर्ने र सटही सुविधा दिने भन्ने विषयमा सोच्नुपर्ने हुन्छ ।
अहिले भारतीय सरकारले विभिन्न स्टेजमा चार–चार हजारका दरले सटही गर्न दिने भनेको छ । त्यसअनुसार नेपालमा कसरी सटही सुविधा दिने भन्नेमा पनि एउटा संयन्त्र बनाउनुपर्छ । भारतमा भएको पैसा नेपालमा आएर सटही गर्ने र पुनः भारतमै लजाने जोखिमतर्फ पनि उनीहरू सचेत हुनेछन् ।
त्यस्तो हुँदैन भन्ने ग्यारेन्टी पनि हामीले दिनुपर्छ । त्यसो हुँदा नेपालमा व्यक्तिहरूसँग भएको भारु कसरी सटही गर्ने भन्ने विषय जटिल छ । भारतीय रिजर्भ बैंकसँगको समन्वयमा त्यसको मापदण्ड तय गरिनेछ । त्यसका लागि राष्ट्र बैंकले आजदेखि नै काम सुरु गर्नेछ ।
नेपालमा पाँच सय र हजारका भारु कति छन् भन्ने तथ्यांक त छैन । यो व्यक्ति–व्यक्तिसँग रहने कुरा भयो । तर, नेपालको बैंकिङ प्रणालीमा भने पाँच सय र हजारका भारु नोट धेरै छैन ।
Previous Articleयोनी टाइट बनाउने उपायहरु यस्ता छन्
Next Article सरकारको विदेश नीति राष्ट्र हित विपरित-ओली