सत्तारुढ नेकपामा सचिवालय सदस्य वामदेव गौतमलाई राष्ट्रियसभा सांसद बनाएर प्रधानमन्त्री बन्ने बाटो खोल्न संविधान संशोधन गर्ने नेकपाको प्रयासका कारण पार्टी भित्र ठूलो खटपटी सुरु भएको छ । यसको जनस्तरबाट चर्को विरोध हुन थालेपछि पार्टी भित्रपनि पक्ष र विपक्षमा उत्रिनेहरुको संख्या उच्च बन्यो ।
यसले पार्टीको एकतालाई नै धरापमा पार्ने हैन भन्ने ठूलो डर शीर्ष नेतामा पर्न थालेको छ । नेकपाले बनाएको संंविधान संशोधन कार्यदलका सदस्यहरुले नै यसमा नबस्ने घोषणा गरिसकेपछि यो झनै विवादमा झस्यो । कार्यदलका सदस्य तथा पूर्व सभामुख सुवास नेम्बाङ र अर्का सदस्य खिमलाल देवकोटाले के का लागि संविधान संशोधन भन्दै अश्विकार गरिसकेका छन्।
अभ्यास,अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरागर्दै आएकाभित्रैबाट यतिवेला एकाएक संविधान संशोधनको कुरा सुनिदैछ।मानिसहरू उदेक मान्दैछन्!केका लागि संशोधन !खराखरी वहस गर्नेवेला आएजस्तोछ।कुरा लुकाएर-डाँटछल गरेर कती दिन चल्छ-कसरी चल्छ ?राजनीति गरिन्छ जुवा खेलिन्न !
संविधान संशोधनको विरोधमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि विरोध जनाएका छन्। मन्त्री पोखरेलले सामाजिक सञ्जाल ट्वीटरमार्फत असन्तुष्टि पोखेका छन्। उनले भनेका छन्, ‘अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरागर्दै आएकाभित्रैबाट यतिवेला एकाएक संविधान संशोधनको कुरा सुनिदैछ। मानिसहरू उदेक मान्दैछन । के का लागि संशोधन खराखरी वहस गर्नेवेला आएजस्तोछ । कुरा लुकाएर–ढाँट छल गरेर कती दिन चल्छ–कसरी चल्छ ? राजनीति गरिन्छ जुवा खेलिन्न ।