तनहुँमा घर भत्काउने क्रममा पर्खालले च्यापी घाईते
मिति २०७६।११।१३ गते अन्दाजी ०९:३० बजेको समयमा जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका-३ शान्ति टोल स्थित निम्न स्थान बस्ने निम्न मानिसहरु प्रविन गुरुङको कच्ची घर भत्काउने क्रममा पर्खाल लड्दा चोट लागि घाईते भएको,उपचारको लागि अस्पताल पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
निम्न घाईतेहरु :-
१ जिल्ला सप्तरी कञ्चनपुर नगरपालिका-५ बस्ने वर्ष २३ को मुकेश कुमार मण्डल, अवस्था मध्यम,
२ जिल्ला सुनसरी बस्ने वर्ष २१ को महेश पण्डित, अवस्था मध्यम,
३ ऐ. बस्ने वर्ष १४ को सिया मण्डल, अवस्था मध्यम ।
कास्कीमा मृत अवस्थामा फेला
मिति२०७६।११।१२गते अन्दाजी १३:२० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.६ लेकसाईड स्थित रहेको फेवातालमा डुङगा डुब्दा वेपत्ता रहेका जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालिका-१० कपन बस्ने वर्ष २७ को सुमित भन्ने राम शरण लुईटेल आजमिति २०७६।११।१३ गते गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिईगएको उद्दार टोलिले खोजतलास गर्दै जाने क्रममा ऐ.१४:३५ बजे तालमा मृत अवस्थामा फेला परेका छन् । उक्त डुङ्गामा सवार ३ जना मध्य जिल्ला काठमाण्डौ काठमाण्डौ महनागरपालिका-१० कपन बस्ने वर्ष २७को सुविन चालिसे र ऐ.बस्ने वर्ष २८ को रुपेश अधिकारीको हिजो नै शकुसल उद्दार गरिएको थियो । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान पनि गरिरहेको छ ।
स्याङजामा मानिस घाइते
मिती २०७६।११।१३ गते विहान अन्दाजी ०६:०० बजेको समयमा जिल्ला स्याङजा भिरकोट नगरपालिका-९ ठुलिभङज्याङ बस्ने यम वहादुर गुरुङको छोरा वर्ष १२ को युनिष गुरुङलाई कोठामा सुतिरहेको बेलामा एक्कासी बाघले आक्रमण गरी घाईते बनाएको,घाटी र निधारमा चोट,उपचारको लागि मणिपाल हस्पिटल पोखरा पठाईएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।