लागुऔषध मुक्त समाज निर्माणलाइ प्राथमिकता दिनु सबैको कर्तव्य हो । यही अभियानमा सक्रिय म्याग्दी प्रहरीले ३ जना मानिसलाइ लागुऔषध सहित गिरफ्तार गरि बागलुङ प्रहरीलाइ बुझाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर ध्रुवप्रसाद शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले बागलुङ नगरपालिका-१० भकुण्डे डब्ल्याङबाट लागुऔषध सहित ३ जनालाइ गिरफ्तार गरी बागलुङ प्रहरीलाइ बुझाएको हो । २०७६ फागुन ११ गते आइतबार डाईजेपाम १० एम्पुल, फेनारागन १० एम्पुल र नुर्फिन १० एम्पुल सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बागलुङको क्षेत्राधिकार भित्र पर्ने भएको हुदाँ थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय बागलुङमा बुझाईएको हो ।
- प्रहरीले बागलुङ नगरपालिका -१० भकुण्डे डब्ल्याङका १९ वर्षिय को बिशाल थापा, म्याग्दीको मालिका गाउपालिका वडा नं.०६ दरवाङका २० वर्षिय हरि छन्त्याल र रघुगंगा गाउँपालिकावडा नं.-०७ चिमखोलाका १८ वर्षिय लक्की पुनलाइ बागलुङ प्रहरीको जिम्मा लगाएको इन्सपेक्टर ध्रुवप्रसाद शर्माले बताए ।