म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीका रोहीत कँडेलले अभिनय गरेको आधुनिक गितको म्युजिक भिडियो शनिबार सार्वजनिक भएको छ । दिविस राइ र शशिका राईको स्वर रहेको प्रेम गितलाई भ्यालेन्टाइन डेको पूर्व सन्ध्यामा ८ फेब्रुअरीमा युट्युबबाट सार्वजनिक भएको छ ।
प्रफेक्ट प्लान इन्टरटेन्टमेन्टको प्रस्तुतीमा लभ एन्थम नामबाट सार्वजनिक भएको गितको म्युजिक भिडियोमा अभिनय गर्ने मोडल रोहीत कँडेल मिस्टर मोडल २०१७ का बिजेता हुन् । रविन कँडेल र मनसबिक्रम थापाको शब्द रहेको उक्त गितको कम्पोज प्रविन पौडेलले गरेका थिए भने एरेन्ज दिविस राइले गरेका छन् । आईटी अध्ययनरत रोहीतको मोडलीङ रुचीको विषय हो ।
म्युजिक भिडियो हेर्नुहोस