कृष्णकान्त अधिकारी
मानिसले मानिस बिरुद्ध गर्ने बिभिन्न प्रकारका अपराधहरु मध्ये मानव बेचबिखन पनि एक गम्भिर र जघन्य प्रकृतिको फौजदारी अपराध हो । यो सामान्य प्रकृतिको अपराध मात्र नभएर मानवता अनि सभ्य समाज बिरुद्दको एक गम्भिर चुनौति र कालो दाग पनि हो । अन्य प्रकृतिका अपराधहरु जस्तै यसको पनि लामो इतिहास रहेको छ। अहिलेको युगमा यो अपराध नभएको कुनै देश र स्थान छैन भन्दा सायद अत्युक्ति नहोला । यो अपराधले पनि अन्य अपराधहरुले जस्तै सन्सार भरीका सबै देशहरुलाइ सताइरहेको पाइन्छ । इतिहासको प्राचिन काल खण्डदेखि बर्तमान आधुनिक युगसम्मको बिभिन्न अध्ययन र बिष्लेषणबाट के देखिन्छ भने मानव सभ्याताको प्रारम्भ देखिनै यसको शुरुवात भएको पाईन्छ । हज्जारौं बर्ष अगाडि देखिको बिश्व मानव सभ्यता मध्येको सबै भन्दा प्राचिन सुमेर सभ्यता (मेसोपोटामिया, हालको दक्षिणि इराक) देखिनै मानिसले मानिसलाइ दास बनाउने प्रचलन रहेको पाइन्छ ।
प्राचिनकालमा दासहरुलाई भाग्न र उम्कन नपाओस भनेर फलामको सिक्रिहरुले निर्मम र पशुतुल्य रुपमा निश्चित स्थानमा बांधेर राख्ने प्रचलन समेत थियो । यसै गरी यद्ध तथा बिद्रोहको समायमा महिलाहरुलाइ यौन दासी बनाइ शारिरिक शोषण गर्ने चलन थियो । बिश्वको जुनसुकै भुगोलमा बस्ने मानिसले पनि कुनै न कुनै रुपमा मानिस उपर भिन्न भिन्न प्रकारका अपराध, शोषण, अन्याय, अत्याचार, थिचोमिचो तथा दमन गरिनै रहेका थिए र सम्बभत ः युगौं युग सम्म पनि गरि नै रहने छन् ।
यो यस्तो अपराध हो जो अन्तर्देशीय र अन्तरमहादेशीय रुपमा समेत फैलिरहेको हुन्छ, संसारको एक कुनामा बसेर अर्को कुनामा अपराधको प्रभाव र जालो फिंजाईहेको हुन्छ । सबै प्रकारका भौगोलिक सिमानाहरु समेत पार गर्दै समाज र देशको इज्जत, प्रतिष्ठा र स्वाभिमानमा नकारात्मक असर पारिरहेको हुन्छ । यस अपराधको कारणस्वरुप संसार भरका लाखौ मानिसहरु आजको आधुनिक युगमा पनि नारकिय जिवन जिउन बाध्य भएका छन् । यो यस्तो अपराध हो जसले मानव अधिकारको आधारभुत मर्यादा र स्वतन्त्रतापुर्वक बाच्न पाउने अधिकारको उलंघन समेत गरीरहेको हुन्छ । यो बिश्वब्यापि रुपमा पहिचान भएको कालो दाग हो, जो अबैध हातहतियार र लागु औषध जस्तै बिस्वको सबैभन्दा नाफामूलक अबैध ब्याबसायको रुपमा स्थापीत रहेको पाईन्छ ।
अन्य अपराधको तुलनामा यो अपराधको प्रकृति जटिल र संगठित रुपमा समेत हुनेगरेको छ । कुनै एक देश वा संगठनको एकल प्रयासले मात्र यसको पुर्ण नियन्त्रण ,रोकथाम र अनुसन्धान गर्न कठिन हुने तथ्य समेतलाई घ्यान दिदै मानव वेचविखन तथा ओसारपसार कार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसंग समन्वय गर्न संयुक्त राष्ट्र संघको साधारण सभाले सन् २००० को नोभेम्वर १५ मा एक प्रस्ताव (५५/२५) पारित ग¥यो जुन प्रलेख Protocol to Prevent, Suppress Transnational and Punish Trafficking in Persons Especially Women and Children, supplementing the United Nations Convention against Organized Crime को रुपमा डिसेम्वर २५, सन् २००३ देखि प्रयोगमा आयो जसमा बिश्वका ११७ देशहरुले हस्ताक्षर गरेका छन् ।
यसलाई जारी गर्नुको उद्धेस्य को सन्दर्भमा लेखिएको छ –
a.To prevent and combat trafficking in persons, paying particular attention to women and children;
b.To protect and assist the victims of such trafficking, with full respect for their human rights; and
c.To promote cooperation among States Parties in order to meet those objectives
मानव बेचबिखनको परिभाषा दिदै यसमा लेखिएको छ –
‘trafficking in persons’ shall mean the recruitment, transportation, transfer, harboring or receipt of persons, by means of the threat or use of force or other forms of coercion, of abduction, of fraud, of deception, of the abuse of power or of a position of vulnerability or of the giving or receiving of payments or benefits to achieve the consent of a person having control over another person, for the purpose of exploitation. Exploitation shall include, at a minimum, the exploitation of the prostitution of others or other forms of sexual exploitation, forced labor or services, slavery or practices similar to slavery, servitude or the removal of organs;
The consent of a victim of trafficking in persons to the intended exploitation set forth in subparagraph -a_ of this article shall be irrelevant where any of the means set forth in subparagraph -a_ have been used;
The recruitment, transportation, transfer, harboring or receipt of a child for the purpose of exploitation shall be considered ‘trafficking in persons’ even if this does not involve any of the means set forth in subparagraph -a_ of this article;
-d_ ‘Childæ shall mean any person under eighteen years of age.
यस प्रकारको जघन्य अपराध समाजमा नहोस् र भएको अवस्थामा दोषि अर्थात अपराधिले कडा भन्दा कडा सजाय पावस् भनेर सन्सारका सबै देशहरुले आ–आफ्नो कानूनमा बिशेष ब्यबस्था गरेका हुन्छन् । हाम्रो देशको संबिधानले मानव बेच (बिखनलाई एक गम्भिर प्रकारको अपराध मान्दै यस विरुद्धका प्रावधानहरुलाइ मौलिक हक तथा निर्देशक सिद्धान्त अन्तर्गत समावेश गरेको छ ।
संबिधानमा प्रत्येक व्यक्तिलाई शोषण विरुद्दको हक हुने छ भनि उल्लेख गरिएको छ, यसै गरी धर्म, प्रथा, परम्परा, संस्कार, प्रचलन वा अन्य कुनै आधारमा कुनै पनि व्यक्तिलाई कुनै किसिमले शोषण गर्न पाईने छैन भनिएको छ । यसै गरि कसैलाई पनि बेचबिखन गर्न, दास वा बाँधा बनउन तथा कसैलाइ पनि निजको इच्छा विरुद्द काममा लगाउन पाइने छैन भन्ने उल्लेख छ, यसै गरी सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माणमा जोड दिईएको छ ।
जुन सुकै प्रकारका अपराधहरु पनि सुरक्षित, सभ्य, गतिशिल, बिवेकशिल र न्यायप्रेमी समाजको लागि सधै भरी गम्भीर चुनौतिको रुपमा खडा भएको हुन्छ तसर्थ फौजदारी अपराध मूलरुपमा राज्यसंग सम्बन्धित रहन्छन्, कुनै एक स्थानमा भएको घटना वा अपराध त्यस ठाउँमा मात्र सिमित हुदैन तसर्थ यो स्वभाबिक रुपमा आम चासो ,जिज्ञासा र चुनौती बनेर सबै तिर फैलन्छ । त्यसै कारणले राज्यले अपराध हुन नदिन र भैसके पश्चात यसको उपचारको लागि विभिन्न कानूनहरुको निर्माण गरेर आ–आफ्नो राज्य संयन्त्र परिचालन गरेको हुन्छ । अपराध पछिको उपचार भनेको पिडितलाई न्याय तथा संरक्षण र कसुरदारलाई कडा भन्दा कडा दण्ड सजाय दिलाउनु नै हो ।
मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्न र त्यस्तो कार्यबाट पीडित व्यक्तिको संरक्षण तथा पुनर्स्थापाना गर्ने सम्बन्धमा प्रभावकारी कानूनी व्यवस्था गर्न हाम्रो देशमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ जारी भै लागु भैरहेको छ । यस ऐनमा कसैले पनि मानव बेचबिखन र ओसारपसार गर्न (गराउन हुदैन भन्ने उल्लेख छ यसै गरी कसैले देहायको कुनै कार्य गरेमा मानव बेचबिखन गरेको मानिने भनि उल्लेख गरिएको छ।
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ दफा ४ अनुसार ः
मानव बेचविखन भन्नाले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने,
(ग) प्रचलित कानून बमोजिम बाहेक मानिसको अंग झिक्ने,
(घ) वेश्यागमन गर्ने ।
कसैले देहायको कुनै कार्य गरेमा मानव ओसारपसार गरेको मानिनेछ
१ .किन्ने वा वेच्ने उदेश्यले मानिसलाई विदेशमा लैजाने।
२ .वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यलेः
कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबरजस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाईदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अविभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफुसंग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरु कसैलाई दिने । दण्ड सजाय तथा क्षतिपूर्ति ।
मानिस किन्ने वा बेच्नेलाई बिस बर्ष कैद र दुई लाख रुपैयाँ जरिवना, कुनै प्रकारको फाईदा लिइ वा नलिइ वेश्यावृतिमा लगाउनेलाई कसुरको मात्रा अनुसार दश बर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँ सम्म जरिवना, प्रचलित कानून बमोजिम बाहेक कुनै अङ्ग झिक्नेलाई दश बर्ष कैद र दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरीवना तथा कसुरको मात्रा अनुसार बिभिन्न प्रकारको सजाय तथा क्षतिपुर्तिको समेत ब्यबस्था गरेको छ ।
कारणहरु–
जुनसुकै अपराध र बिकृतिहरुको पछाडि अनेकौ कारणहरु बिद्दमान रहेका हुन्छन् । मानव बेचबिखनको पछाडि पनि अनेकौं कारणहरु रहेका छन् । ठाँउ, परिवेश, परिस्थिति र अवस्था अनुसार यसको कारण तथा स्वरुपहरु भिन्न – भिन्न प्रकृतिको हुने गरेको देखिन्छ । समस्टीगतरुपमा यसको अध्ययन र बिश्लेषण गर्दा के पाईन्छ भने ,समाजमा हुने गरिबी, अशिक्षा, पछौटेपन, प्रलोभन, चाडो अर्थिक लाभ लिन चाहने प्रवृति, अन्तरिक बिद्रोह, युद्ध, बढ्दो जनसंख्या, पर्याप्त जनचेतनाको कमि, सामाजिक बिभेद, आतंकबाद, सामाजिक अनुगमनको कमी, कानून कार्यान्वयन गर्ने निकायको प्रभावकारिताको कमि, सामाजिक सन्जालको दुरुपयोग खुल्ला भौगोलिक सिमाना, कमजोर, अबैज्ञानिक र परम्परागत सिमा अनुगमान प्रणालि, अपराध नियन्त्रण गर्ने काम राज्यको मात्र हो भन्ने आम नागरीकको बुझाई जस्ता जस्ता कारणहरुलाई लिन सकिन्छ ।
न्युनिकरण एवं दायित्व –
बर्तमान आधुनिक युगमा सामाजिक कलंकको रुपमा बिश्व ब्यापी स्तरमा फैलिएको यस अपराधको न्युनिकरणको लागि एकल ब्याक्ती, निकाय वा संस्थाको पहल मात्र पर्याप्त हुदैन । यसको लागि मुलतः राज्य, राज्य मातहतका सम्बन्धित कानून कार्यान्वयन गर्ने निकायहरु तथा नगरिक अगुवा लगायत सबै पक्षहरुको सकृय सहयोग, सद्भाब र समन्वय अपरिहार्य देखिन्छ ।
जुनसुकै बिषयको सुधार पनि प्रथमतः राज्य पक्षसंग नै जोडिन पुग्छ । राज्यले आम नागरिकमा सुशाषन र सकारात्मक परिवर्तन दिन सक्यो भने धेरै कुराहरुमा क्रमिक सुधार आउदै जान्छ । राज्य जव कमजोर, अस्थिर र गरिवीको धरातलमा उभिन्छ वा अनेकौ प्रकारका स्वार्थ समुहबाट घेरिन्छ त्याहाँ अनकै प्रकृतिका बिकृति र बिसंगतिहरुले स्थान जमाउन थाल्दछ । राज्य सन्चालन गर्नेहरु सगं दुरदर्शिता, ईमान्दारिता, निश्पक्षता, सक्षमता, नैतिकता जस्ता गुणहरु भएन भने राज्यले अपेक्षाकृत सफलता प्राप्त गर्न सक्दैन ।
प्रथमतः राजयले के बुझ्नु जरुरी हुन्छ भने राज्य भनेको देश भित्रको सबै नागरिक र निकायहरुको अभिभावक हो, राज्यको सबै निकायमा उसको नियन्त्रण, निर्देशन र अनुगमन आवश्यक रहन्छ तसर्थ नागरिकहरुलाई भएरहित वातावरणमा रहेको महसुस गराउनु उसको मूल दायित्व हो, यसै गरी राज्य मातहत रहेका निकायलाई प्रभावकारी र निश्पक्ष रुपमा सञ्चालन गर्नु उसको कर्तब्य भित्रको बिषय हो ।
समाजमा हुने सबै प्रकारका अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धान गर्ने निकायलाइ सबल, सक्षम, ब्याबसायिक र राजनैतिक हस्तक्षेप मुक्त गराउने तर्फ राज्य गम्भिर हुनु जरुरि हुन्छ । यसरी नै आम नागरिकमा पनि अपराध हामी सबैको साझा चुनौती हो र अपराधीलाई संरक्षण गर्नु भनेको भय तथा असुरक्षालाई निमन्त्रणा गर्नु हो भन्ने सोचको बिकास हुनु पर्दछ । सचेत आम नागरिकहरुले असल नागरीकको रुपमा निभाउनु पर्ने जिम्मेवारी निभाउदै सम्बन्धित निकायसंग हातेमालो गर्दै अगाडि बढेमा जुनसुकै प्रकारका अपराधहरु पनि स्वतः कम अर्थात न्युनिकरण भएर जान्छ ।