प्रभु बैंकले जिल्ला प्रशासन कार्यालय म्याग्दीको परिसरमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । स्थापना गरिएको काउन्टरको आइतबार एक समारोहका बीच म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले उद्घाटन गरेका छन् ।
एक्स्टेन्सन काउन्टरको उद्घाटन गर्दै प्रजिअ ढकालले सेवाग्राहीलाई सहज र सरल तरिकाले सेवा दिन सुझाव दिएका थिए । सोही अवसरमा बागलुङ शाखा प्रवन्धक अमरबहादुर ज्योतीले राजश्व सेवालाई सहज बनाउन प्रशासनसँगै अन्य सरकारी निकायसँग समेत सहकार्य गरेर बैंक अगाडि बढ्ने बताए ।
कार्यक्रममा सहायक प्रजिअ महेश सुवेदी, कोष तथा लेखा नियन्त्रक कार्यालयका विनय थापा, निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसी, म्याग्दी जेसीजका नवनिर्वाचित अध्यक्ष सुजन बरुवाल र राष्ट्रिय अनुसन्धान कार्यालय म्याग्दीका प्रमुख अनुसन्धान अधिकृत सविन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रभु बैंक बेनी शाखाका निमित्त प्रवन्धक विनोद केसीले काउण्टरमार्फत प्रदान गरिने सेवासहित सम्रग योजनाको बारेमा जानकारी गराएका थिए ।
Previous Articleम्याग्दी जेसीजको अध्यक्षमा बरुवाल बिजयी
Next Article रुप्से दैनिक ! ११ माघ २०७६