कर्मचारी मिलन केन्द्र म्याग्दीको साधारण सभाले चन्द्रशेखर सापकोटाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी, उपाध्यक्षमा जिल्ला अदालत म्याग्दीका श्रेस्तेदार खिलप्रसाद वुर्लाकोटी, सचिवमा भेटेनरी अस्पताल तथा पशु सेवा विकास केन्द्रका नारायण कुसम र कोषाध्यक्षमा नेपाल विद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रका रामप्रसाद मुडबरी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा राष्ट्रिय बाणिज्य बैंकका अर्जुन तिवारी, जिल्ला हुलाक कार्यालयका साधना श्रेष्ठ, सशस्त्र प्रहरी गुल्म गलेश्वरका पुरन न्यौपाने, बेनी नगरपालिकाका युवराज थापा, डिभिजन वन कार्यालय म्याग्दीका नविन वि.क., शिक्षा विकास तथा समन्वय इकाइका दलवहादुर थापा, बेनी अस्पतालका डाक्टर अमृत अधिकारी र घरेलु तथा साना उद्योग कार्यालयका मोहनचन्द्र सुवेदी चयन भएका छन् ।
बेनी नगरपालिका–१ रत्नेचौरमा भएको साधारण सभा तथा बनभोज कार्यक्रममा जिल्ला न्यायाधिश माधवेन्द्रराज रेग्मी, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, पत्रकार अमृत बास्कुनेलगायतले नवनिर्वाचित टोलीलाई शुभकामना व्यक्त गरेका थिए ।
Previous Articleनारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सव
Next Article हिस्तानको महभीर झरनामा रमाउँदै आन्तरिक पर्यटक