सभामुख पदका लागि लामो समयसम्म भएको विवाद अनि जोड घटाउको विषय अन्ततः आइतबारबाट टुङ्गोमा पुगेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो पार्टी नेता अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरेसँगै संसदको अध्यक्षता गर्ने व्यक्तिको रिक्तता हटेको छ । आइतबार नेकपाले सभामुखका लागि निर्णय गरेसँगै सोमबार उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि संसदमा सम्बोधन गर्दै उपसभामुखबाट राजीनामा पेश गरेकी छन् । सभामुख चयनमा लामो समयसम्म देखिएको कठिनाइको लामो समयसम्मै उपसभामुख शिवमायाले राजीनामा नदिने अडानले गर्दा खैलाबैलाको अवस्था सिर्जना भएको भए पनि अबको दिनमा त्यो तिक्तता भने हड्छ नै । शिवमाया आफैमा पनि अग्लो कद भएकी नेतृ हुन् । २०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा ईजरायलका लागि राजदुत सिफारिस भएकी थिइन् । ओली सरकार विघटन भएपछि राजदुतको प्रक्रिया पनि अगाडि बढ्न भने सकेन ।
शिवमायाको अग्लो कद देखेरै तत्कालीन नेकपा एमालेले उनलाई समानुपातिक कोटामा सांसद बनाएर ल्याएको थियो । एमालेले सांसद मात्र नबनाएर उपसभामुख नै बनायो । उपसभामुख बनाई पाउँ भनेर शिवमायाले नत कुनै हारगुहार गरेकी थिइन् नत कुनै पनि हालतमा मलाई चाहियो भनेर बसिन् । तर, अहिले सभामुखका निम्ती पनि उनी नै योग्य हुन् भन्न सबैको भन्दा हाइटमा बार्गेनिङ गर्नका लागि थेग्थ्यो । पार्टी एकतापछि तय भएको भागबण्डाका कारणले गर्दा उनी सिद्धान्तको शिकार भइन् । सक्षम र योग्य महिला नेताहरूलाई उपयुक्त जिम्मेवारी र अवसर दिन नेकपा सक्दैन भन्ने आवाज उठिरहेको बेला त्यसलाई पुष्टि गर्ने काम यहाँ अहिले भने पक्कै भएको छ ।
अहिलेको पछिल्लो वास्तविकता हेर्ने हो भने अध्यक्षद्वय प्रधानमन्त्री ओली र प्रचण्डले पूर्वको अडान छोडेर स्वभाविक हकदारको रूपमा रहेकी उपसभामुखलाई सभामुखको उम्मेदवार बनाउनुपर्दथ्यो । पार्टी एक भयो भन्ने इतिहास निमार्ण ग¥यो भन्ने तर विगतको विरासत पनि सँगसँगै लिएर हिँडने दोधारे चरित्र शीर्ष नेतृत्वले अहिले देखाएको हो की भन्ने देखिन्छ । यसले गर्दा पनि सभामुखमा अग्नि सापकोटालाई चयन गर्ने निर्णयले प्रष्टै देखिएको छ । जुन गलत छ । नेकपा राजनीतिमा मात्र होइन समग्र राष्ट्रिय राजनीतिमा डा. शिवमायाको अडान र शाहस एउटा ऐतिहासिक कदमको रूपमा रहनेछ । शिवमायाले अर्को कुनै लाभको पद पाउँछिन् वा पाउँदिनन् त्यो अर्को कुरा हो तर उनले आम नेपालीजनको माया भने पाएकी छन् । सभामुख पाएर सापकोटा सफल होलान् या नहोलान् त्यो भने पछि मात्रै थाहा हुनेछ तर उपसभामुख नभएर पनि शिवमाया भने नेपाली राजनीतिमा सफल महिला नेताका उदाएकी छन् ।
Previous Articleहिउँ नपग्लिँदा आवतजावत गर्न समस्या
Next Article रुप्से दैनिक ! ०८ माघ २०७६