एट्लेटिको मड्रिड स्पानिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई ३–२ ले पराजित गर्दै एट्लेटिको फाइनलमा प्रवेश गरेको हो ।
अब उपाधिका लागि एट्लेटिकोले अल मड्रिड डर्बीमा रियल मड्रिडसँग खेल्नेछ ।
साउदी अरबको किश्र अब्दुल स्पोर्ट्स सिटीमा भएको दोस्रो सेमिफाइनल खेलमा एन्झन कोरेयले ८६ औं मिनेटमा निर्णायक गोल गरेपछि एट्लटिको विजयी भएको हो । एटलेटिकोले अन्तिम ९ मिनेटमा दुई गोल गरेको थियो ।
पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएपछि ४६औं मिनेटमा कोकेले गोल गर्दै एट्लेटिकोलाई पहिले अग्रता दिलाएका थिए । तर लामो सयम अग्रता टिकेन ।बार्सिलोनाका कप्तान लिओनल मेस्सीले ५१ औं मिनेटमा बराबरी गोल फर्काए।
६१औं मिनेटमा एन्टोनी ग्रीजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता पनि टिक्न सकेन ।
८१औं मिनेटमा अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे । त्यसको पाँच मिनेटपछि कोरेयले गोल गर्दै एट्लेटिकोलाई ३–२ को अग्रता दिलाए । अन्ततः त्यही गोल निर्णायक बन्दा एट्लेटिको विजयी हुँदै फाइनल प्रवेश गरेको छ ।