१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालकी नीमा घर्ति मगरले स्वर्ण जितेकी छिन् ।
लगनखेलमा रहेको आर्मीको कभर्डहलमा थाउलोको महिला नान्दोमा नीमाले कुल १८ दशमलव ९१ अंक जोडेर स्वर्ण जितेकी हुन् । भारतकी सुरीराज सिंह दोस्रो भइन् । उनले १९ दशमलव २२ अंक प्राप्त गरिन् ।
नीमाले सागमा लगातार दोस्रो पटक स्वर्ण जितेकी हुन् । सन् २०१६ मा भारतमा भएको सागमा पनि निमाले स्वर्ण जितेकी थिइन् । उसुबाट सागमा लागतार दुई स्वर्ण जित्ने निमा पहिलो खेलाडी बनिन्।