दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिता (साग)को औपचारिक सुरुआत हुन केही दिन बाँकी रहेको भए पनि महिला तथा पुरुष भलिबल प्रतियोगिता भने बुधबारदेखि सुरु भएको छ । यसै खेल अन्तरगत महिला भलिबल प्रतियोगितामा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै सकारात्मक सुरुआत गरेको छ । काठमाडौंमा भएको भलिबलको पहिलो र दोस्रो सेट समान ९ का विरुद्ध २५ ले आफ्नो पक्षमा पारेको नेपालले तेस्रो सेट भने ११ का विरुद्ध २५ बनाएर आफ्नो पक्षमा पार्दै जितका साथ प्रतियोगिताको सुरुआत गरेको छ । नेपालको राष्ट्रिय खेल समेत रहेको भलिबलमा महिला टोलीले आफ्नो मजबुत उपस्थिति देखाएको छ । म्याग्दी जिल्लाको राखुपिप्लेकी अरुणा शाहीको कप्तानीमा मैदान उत्रिएको नेपाली टोलीले आफ्नो दवदवा पुरै समय बंगलादेशमाथि पारेको थियो ।
नेपालको सम्भावना भएको खेलकुद भनेकै मार्सल आर्ट हुन् । नेपालको प्रदर्शन दक्षिण एसियाली खेलकुदमा मार्सल आर्टका उसु, तेक्वान्दो, कराँतेमै राम्रो प्रदर्शन गर्दै आएको छ । तर, पछिल्लो समय यिनै खेलमा पनि कमजोर प्रदर्शन भएको मान्न सकिन्छ । दक्षिण एसियाली खेलकुदको क्षेत्रमा हेर्ने हो भने उसु पहिलोपटक नेपाल भित्रिएको थियो । दक्षिण एसियाको पावरहाउस मानिन्थ्यो उसु तर अहिले पछिल्लो समय भने उसुमा पनि कमजोर बन्दै गएको छ । गएको सागमा उसुतर्फ एक मात्र स्वर्णपदक हात परेको थियो । पछिल्लो तीन सागको नतिजा हेर्ने हो भने दशौं सागमा तीन स्वर्ण जितेको नेपाल ११ औंमा २ र १२औं सागमा निमा घर्तीले एक स्वर्ण जितेकी थिइन् । यसले के देखाउँछ भने उसुमा पनि नेपाको प्रदर्शन खस्कँदै गैरहेको छ ।
आइतबार उद्घाटन हुने साग खेलकुदको नतिजा सफल अनि सकारात्मक आउने नेपाली शुभचिन्तकहरुको आशा छ तर प्रदर्शन कस्तो गर्ने हुन् खेलाडीले त्यो भने अहिले नै भन्न सक्ने अवस्था छैन । महिला भलिबलमा आशा गर्ने ठाउँ छ भने महिला तथा पुरुष फुटबलमा पनि नेपालले स्वर्णको आशा गरेको छ । ३ सय १७ स्वर्ण पदकका लागि ३ हजार खेलाडीहरु भिड्दै छन् । एकल तथा सामूहिक विधा गरेर तीन हजार खेलाडीहरुले यसपटक खेलकुदको दक्षिण एसियाली कुम्भमा सहभागिता जनाउन लागेका छन् । यसमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने त पक्कै हो बुधबार महिला टोलीले निकालेको नतिाजालाई आत्मसात गर्दै अरुमा पनि यस्तै नतिजाको आशा गरौं साग खेलकुदमा धेरै स्वर्णपदक नेपालले जित्न सकोस् यसका लागि अग्रीम शुभकामना !
Previous Articleरुप्से दैनिक ! १३ मंसिर २०७६
Next Article बालाचतुर्दशी पर्वमा पाँचलाख बढी भेटी सङ्कलन