पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही ठाउँमा हल्का वर्षा र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो । महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा सोमबार पनि देशभर मौसम बदली हुने र हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना रहेको उल्लेख गरिएको छ ।
आउँदो २४ घण्टामा देशका पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भेगका कही ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू–भागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना छ ।