नेपाल बाल सङ्गठनद्वारा सञ्चालित सदरमुकाम बेनीमा रहेको म्याग्दी बालगृहमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेनी सञ्जीवनी हेल्थ क्लिनीकको आयोजनामा सञ्चालित स्वास्थ्य शिविरमा १३ जना बालबालिकासहित कर्मचारीलाई सेवा दिइएको क्लिनीक सञ्चालक कुमार बानियाँले बताए ।
बालगृहमा रहेका बालबालिकालाई चेकजाँच गरी निःशुल्क औषधी वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा बालबालिकालाई चेकजाँचसँगै जाडोयाममा आवश्यक सतर्कतासहित भविष्यमा समेत शिविरमार्फत सेवा दिने अर्का सञ्चालक सीताराम श्रेष्ठले जानकारी दिए । स्थानीय सरकारमार्फत तोकिएको मापदण्ड पुरा गरी दर्ता, अनुमति तथा नवीकरणसम्बन्धी निर्देशिका अनुसार अनुमति लिएर सञ्चालन गरेको क्लिनीकले सामाजिक उत्तरदायित्व अन्तरगत शिविर सञ्चालन गरेको जनाएको छ ।
निर्देशिका अनुसार बेनीबजारमै सञ्चालित कतिपय क्लिनीहरुले मापदण्ड पुरा गरेका छैनन् । यता शिविरमार्फत बालबालिकाको उपचारमा सघाएको भन्दै बालगृहले समेत धन्यवादसहित आगामी दिनमा निःशुल्क सेवाका कार्यमा सहकार्य गर्ने बताएको छ ।
Previous Articleरुप्से दैनिक ! ०१ मंसिर २०७६
Next Article ४२ लाखको लागतमा शिवशक्ति विश्वकर्मा समाज भवन निर्माण