संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भारतलाई सिमाका विषयमा अनावश्यक बखेडा झिकेर निहुँ नखोज्न चेतावनी दिनु भएको छ । उहाले नेपालको भूमिबाट पछि हटेर छिमेकीसँगको सम्बन्धलाई न्यानोपन दिनु नै राम्रो रहेको बताउनु भएको हो ।
भारतले सार्वजनिक गरेको नयाँ नक्सा र नेपाल–भारत सीमा विवादबारे चर्किरहेका बेला उहाको यस्तो भनाई आएको हो । मन्त्री भट्टराईले लिम्पियाधुराबाट उत्पति भएको कालीनदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा ऐतिहासिक तथ्य र प्रमाण रहेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । उहाले सिंगो नेपाल राष्ट्रियताका लागि एक रहेकाले अनावश्यक बखेडा झिकेर छिमेकीसँग निहुँ नखोज्न पनि भारतलाई चेतावनी दिनुभएको छ ।
‘लिम्पियाधुराबाट उत्पति भएको काली नदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा ऐतिहासिक तथ्य, प्रमाण, कागजात र जीवित मानिसहरुका भनाइबाट प्रष्ट छ। यसमा भारतले बखेडा खडा गरेर छिमेकीसँग निहुँ खोज्नुको कुनै तुक छैन। भारतपछि हटेर छिमेकीसँगको सम्बन्धलाई न्यानुपन दिनु नै राम्रो हुन्छ। नेपालले छोड्ने कुरै आउँदैन। सिंगो नेपाल एक छ’, उहाले लेख्नु भएको छ ।