न्युज अफ नेपाल, म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, बिममा आइतबार साँझ बस दुर्घटनामा परेर गम्भीर घाइते भएका पाँच जनालाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ ।
दुर्घटनामा परेर घाइतेमध्ये ५ जनाको अहिले बेनी अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनाका अन्य घाइतेहरु बेनी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा उपचार गरी घर फर्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । दरबाङबाट बिमका लागि छुटेको ग १ ख ४४७६ नम्बरको बस बिमको गलघण्टीमा पुगेर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा परेर मृत्यु हुने गुल्मी कालीगण्डकी गाउँपालिका–२, अर्बेनीकी ३० वर्षीया विष्णु पाण्डे, मालिका–७, बिम म्याग्दीकी ७० वर्षीया सतदेवी भट्टचन, ९ वर्षीय बालक रवि जुग्जाली र ११ वर्षीया आयुसा जुग्जालीको शव बेनी अस्पतालको शवगृहमा राखिएको छ । मृतकहरुको शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाइने जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (ईन्सपेक्टर) ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।
दुर्घटनामा परेर घाइते भएका २८ जना सबैको परिचय खुलेको प्रहरीले जनाएको छ । घुम्तीमा टर्निङ नपुगेर बस दुर्घटना भएको बताइएको छ भने बसका चालक अहिले इलाका प्रहरी कार्यालय दरबाङको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो । बस सडकबाट झण्डै २ सय मिटर तल खसेका बताइएको छ भने बसमा चालकसहित ३३ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरुको विवरण र अवस्थाः
१. जि. म्याग्दी मालिका गा.पा–७, बिमका वर्ष ६० को राजमान दर्जी दाहिने हात र शरिरको बिभिन्न भागमा चोट, अवस्था मध्यम ।
२. ऐऐ बस्ने वर्ष ५३ को हुमबहादुर जुग्जाली शरिरको भित्री भागमा चोट, अवस्था मध्यम ।
३. ऐऐ बस्ने वर्ष ३८ को पलप्रसाद जुग्जाली ढाडमा चोट, अवस्था मध्यम ।
४. ऐऐ बस्ने वर्ष २६ की नरदेबी परियार टाउकोमा चोट, अवस्था मध्यम ।
५. बेनी नगरपालिका–९, घतानका वर्ष १६ को बिसन खत्री निधारमा चोट, अवस्था सामान्य बोल्न सक्ने ।
६. बेनी नगरपालिका–४, राक्सेका वर्ष १७ को गौरव पौडेल टाउकोमा चोट, अवस्था सामान्य बोल्न सक्ने ।
७. जिल्ला बागलुङ ताराखोला गाउपालिका–५, का वर्ष १७ को विजय कँडेल टाउकोमा चोट, अवस्था मध्यम ।
८. बेनी नगरपालिका–४, राक्सेका वर्ष १९ को प्रमिस पौडेल टाउको र दाहिने हातमा चोट, अवस्था मध्यम ।
९. जि म्याग्दी मालिका–७, बस्ने वर्ष २६ की दिलु शेरपुञ्जा टाउको र बाँया हातमा चोट, अवस्था मध्यम ।
१०. ऐ.ऐ. बस्ने वर्ष ६ की कृष्टिना जुग्जाली हात र शरिरको बिभिन्न भागमा चोट, अवस्था मध्यम ।
११. ऐ.ऐ. बस्ने वर्ष ६१ की तनदेवी जुग्जाली ढाडमा चोट, अवस्था मध्यम ।
१२. ऐ.ऐ. बस्ने वर्ष ६० की चन्द्रकली दर्जी ढाड र खुट्टामा चोट, अवस्था मध्यम ।
१३. ऐ.ऐ. बस्ने वर्ष ३८ की पलदेवी जुग्जाली दाहिने हात र शरिरको बिभिन्न भागमा चोट, अवस्था मध्यम ।
१४. ऐ.ऐ. बस्ने वर्ष अं. १७÷१८ को सुरेश जुग्जाली टाउकोमा चोट, अवस्था मध्यम ।
१५. ऐ.ऐ. बस्ने वर्ष ३१ की लिला जुग्जाली शरिरको विभिन्न भागमा चोट, अवस्था मध्यम ।
१६. जि. म्याग्दी धवलागिरी गाउपालिका–३, मुना दरका वर्ष १८ की रिलमाया बुढा खुट्टामा चोट, अवस्था मध्यम ।
१७. बेनी नगरापलिका–३, भकिम्लीका वर्ष ३५ को केशव शर्मा न्युरे टाउकोमा चोट, अवस्था मद्यम ।
१८. जि. म्याग्दी मंगला गाउपालिका–५, छिस्बाङका वर्ष २२ की रमिला खत्री छातीमा चोट, अवस्था मद्यम ।
१९. जि. म्याग्दी मालिका–७, बिमका वर्ष ३० की सरु वि.क. छातीमा चोटपटक, अवस्था मध्यम ।
२०. ऐ.ऐ. बस्ने वर्ष ३२ की सोममाया सुनार टाउको र शरिरको भागमा चोट, अवस्था मध्यम ।
२१. जि. म्याग्दी मालिका–४, चिउरीबोटका वर्ष १८ की खिममाया घर्ती घुँडा, छातीमा चोट, अवस्था मध्यम ।
२२. जि. बागलुङ जैमिनी नगरपालिकाका वर्ष २८ को दुर्गा किसान टाउकोमा चोट, अवस्था मध्यम ।
२३. जि. म्याग्दी मालिका गाउँपालिका–२, रुम वर्ष १८ को खगेन्द्र छन्त्याल छाती र हातमा चोट, अवस्था सामान्य ।
२४. ऐ.ऐ. बस्ने वर्ष १९ को अम्मर दर्जी ढाडमा चोट, अवस्था सामान्य ।
२५. मालिका–७, बिम वर्ष ३० की ज्योती जुग्जाली हातखुट्टा र शरिरको भागमा चोट, अवस्था मध्यम ।
२६. ऐ.ऐ. बस्ने वर्ष २८ को आशिष जुग्जाली खुट्टामा चोट, अवस्था सामान्य ।
२७. मंगला–५, पिपलबोट वर्ष १६ की मुना शर्मा टाउको र साँप्रामा चोटपटक, अवस्था सामान्य ।
२८) बेनपा–६, अर्थुङे वर्ष १६ की प्रतिक्षा सुवेदी कोखमा चोट, अवस्था सामान्य ।
स्रोतः जिल्ला प्रहरी कार्यालय, म्याग्दी ।
म्याग्दी बस दुर्घटना अपडेट: घाइते सबैको परिचय खुल्यो, गम्भीर घाइते पाँच जनालाई पोखरा रिफर, पाँच जनाको बेनी अस्पतालमा उपचार हुँदै, अन्य घाइतेहरु डिस्चार्ज
Previous Articleम्याग्दीको बिममा बस दुर्घटना, चार जनाको मृत्यु, २८ जना घाइते
Next Article रुप्से दैनिक ! १८ कार्तिक २०७६