प्रत्यक वर्ष विश्वमा एक करोड ८० लाख बालबालिकाको मृत्यु झाडापखालाको कारणले गर्दा हुने गरेको छ । सुन्दा अपत्यारीलो लागे पनि त्यो यथार्थ हो । हात धुने चलन र ब्यवहार मात्र पनि नियमित र प्रभावकारी गर्न सके करौडोंको संख्यामा जीवन बचाउन सकिने अवस्था छ । हामीले सामान्य सोचेको हात धुने काम मानव स्वास्थ्य अनि मानव जीवनका लागि कति धेरै महत्वपूर्ण छ भन्ने कुरा माथि उल्लेखित तथ्याङ्कले देखाउँदछ । हामीले प्रत्येक दिन खाना खानु अघि, खाएपछि, शौचालय प्रयोग पछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्न जरुरी छ । हामीले प्रत्यक दिन हात धुँदा साबुन पानी ले मज्जाले मीचीमीची धुन जरुरी छ । हाम्रो हात सफा नहुनाको कारणले नै विश्वभर धेरै मानिसको मृत्यु भएको तथ्यले देखाएको हामीले भुलेका पक्कै पनि छैनौं ।
मानिसको जीवनलाई धान्नका लागि हाम्रो हातको भूमिका महत्वपूर्ण हुन्छ । त्यही हातले काम गर्ने क्रममा हामीमा विभिन्न संक्रमणहरु पनि आउन सक्छन् । हातकै माध्यमबाट गरिने काम अनि हामीमा हुने बेफुर्सदीले गर्दा हात धुनमा ध्यान कम दिने हामी मानिस त्यही कारणले गर्दा नै मृत्युको मुखमा पुगेको पत्तै हुँदैन । विश्वभरि नै हात सफा नभएका कारणले नै बिभिन्न रोग अनि संक्रमणहरुका कारण लाखौंको मृत्यु भएको यथार्थबाट हामी ज्ञात हुँदाहुँदै पनि त्यस तर्फ ध्यान दिन सक्दैनौं हामीले । विश्वमा हरेक ३ मध्ये एकजना नवजात बालबालिमा औसतमा झाडापखालाको संक्रमण हुने तथ्याङ्कले देखाउँ छ । नेपाली समाजमा माटोले हात धुने या खरानी पानीले हात धुने चलन थियो, तर माटो या खरानी पानीले भन्दा साबुन पानीको प्रभावकारीता धेरै रहेको छ । । राम्ररी हात धुने, सफा पानीको प्रयोग अनि साबुन पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भएर झाडापखाला लाग्दैन ।
विश्वमा बच्चा बुढा सबैलाई सरसफाई अनि स्वस्थपनाको जागरण दिलाउन हरेक बर्ष अक्टोबर १५ तारिखमा बिश्व हात धुने दिवस मनाइन्छ । सन् २००८ देखि यस दिवस मनाउन शुरु गरिएके हो । नेपालमा पनि नेपाल सरकार स्वास्थ मन्त्रालय अनि अन्य बिभिन्न गैर सरकारी संस्थाको सहभागीतामा यस दिवस भव्यताकासाथ मनाइन्छ । हातलाई पानीले राम्रो सँग भिजाएर साबुन दल्ने अनि कम्तीमा २० सेकेन्ड साबुन पानीले मिच्ने, दुबै हत्केलालाई एकआपसमा दलेर औलाका कापसम्म साबुन पु¥याउने , यसरी धुँदा हातको पछाडी, नगंका मुनी, औंलाका काप र नारी सम्म मिचेर राम्रो सँग पानीले पखाल्ने गर्नु पर्दछ । हात धुँदाको समयमा सकभर औंठी तथा घडीलाई फुकालेर धोएको खण्डमा निकै राम्रो हुन्छ ।
सामान्यतया हात धुँदा भाँडामा पानी राखेर भन्दा पनि धारा या फोहोराको पानी प्रयोग गर्न राम्रो हुन्छ । आजको दिनमा सबैले राम्रो सँग हात धुनका लागि प्रयास गरौं अनि रोगबाट बचौं ।