युवा रेडक्रस सर्कल न्यु वेष्ट पोइन्ट आवासीय माविले सहयोग हस्तान्तरण गरेको छ । बेनी नगरपालिका २ बगरफाँटका बाढी प्रभावित ७ परिबारलाई एक कार्यक्रमका बिच सहयोग हस्तान्तरण गरेको हो । असोज ४ गते राति परेको मुशालधारे पानि र त्यसपछि कोट्खोलामा आएको बाढीले प्रभावित भएका ७ परिवालाई युरेसले चामल दाल नुन साबून सिरक लगायतका सामाग्री (१६००० रुपैयाँ बराबरको) वितरण गरेको हो । नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा म्याग्दीका उपसभापति काशिराम रेग्मी मार्फत सो सामाग्री वितरण गरिएको हो । कार्यक्रममा युरेस सभापति दीपशिखा किसान, शिक्षक नायक रुपेश कार्की लगायतको उपस्थिति रहेको थियो ।
राहत वितरण पश्चात उपसभापति रेग्मीले यो विपतको अबस्थामा आफुलाई कमजोर नठानी मानवीय सहयोगको लागि सहयोगी हातहरु पनि हुन्छन भन्ठानेर साहसी बन्नु पर्ने बताउनु भयो । त्यसैगरी उहाँले वेष्ट पोइन्ट युरेसको प्रसंसा गर्नु भएको थियो । यस्तै कार्यले गर्दा वेष्ट पोइन्ट युरेस हरेक वर्ष उत्कृष्ट सर्कल घोषित हुने गर्दछ, उहाँले भन्नुभयो । कार्यक्रमको संचालन शिक्षक कृष्ण जिसीले गरेको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।