संसारका जतिपनि देशहरु आज विकासको जुन अवस्थामा आइपुगेका छन् । ति देशहरुले त्यहाँको प्राकृतिक स्रोत साधनको भरपुर उपयोग गरेका छन् । प्राकृतिक स्रोत साधनमा सम्पन्न नभएका देशहरुले पनि अरु देशहरुबाट कच्चा पदार्थको आयात गरेर आफनो देशको उत्पादन क्षमता बढाएका छन् । र यसबाट आफनो देशका नागरिकहरुको आवश्यकता पुरा गर्ने मात्रै हैन की, ती बस्तुहरुको निर्यात गरेर समेत आफनो देशको अर्थतन्त्रलाई मजबुद बनाएका छन् । उदाहरणको रुपमा हामी दक्षिण कोरियालाई लिन सक्छौ । जुन देश १९६५ ताका भोकमरीले ग्रस्त हुँदा नेपालले केही क्वीन्टेल गहँु पठाएर त्यहाँको भोकमरीको समस्या समाधान गर्न सहयोग गरेको थियो । आज त्यो देशमा नेपालबाटै पच्चासौँ हजारको संख्यामा नेपाली कामदारहरु काम गरिरहेका छन् । तर बिडम्बना र आश्चर्यको कुरा के छ भने त्यो देश प्राकृतिक स्रोत साधनले भरिपुर्ण छैन । त्यहाँ जे जति बस्तुहरुको उत्पादन हुन्छ, त्यसको ९५ प्रतिशतभन्दा बढि कच्चा पदार्थ बाह्य देशहरुबाट आयात हुन्छ । बाह्य देशहरुबाट कच्चा पदार्थको आयात गरेर उत्पादन गर्ने र त्यसलाई निर्यात गरेर देशको अर्थतन्त्रलाई मजबुद बनाउने विश्वको सबैभन्दा उदाहरणीय देशमा पर्छ दक्षिण कोरिया ।
नेपाल अहिले अति गरिब राष्ट्रहरुको समुहबाट विकाससोन्मुख राष्ट्रहरुको समुहमा फड्को मार्दैछ । हाम्रो देश पछाडी पर्नुको मुख्य कारणहरु मध्ये हाम्रो प्राकृतिक स्रोत साधनहरु, पानी, खानी, जल, जमीन जंगल र मानवीय श्रमको समुचित प्रयोग गर्न नसक्नु पनि हो । विगतमा ८३ हजार विद्युत उत्पदन गर्ने क्षमता भएको हाम्रो देश दशकौ लोडसेडिङ्गको मारमा परयो । तर अहिले नेपालमा सरकारी लगानी लगायत नीजिक्षेत्रका सयौँको संख्यामा हाइ«डोपावर कम्पनीले हजारौ मेघावाट विद्युत उत्पादन गर्ने अवस्था विद्यमान रहेको छ । यसवाट के पुष्टि हुन्छ भने नेपाल कम्तिमा दुइबर्षमा विद्युतमा आत्मनिर्भर हुने र यसलाई निर्यात गरेर अर्थतन्त्रलाई टेवा पुरयाउन सक्ने अवस्थामा आइपुग्ने छ ।
नेपालमा विद्यमान जलस्रोतको उपयोगका सन्दर्भमा राज्यले उर्जा, सिचाइ खानेपानी आदिका क्षेत्रमा विभिन्न नीतिहरु निर्माण गरेको छ । यसको उचित व्यवस्थापनको प्रयासमा सरकारी र नीजि प्रयास जारी रहेपनि यसको प्रतिफल आउन अझै केही बर्ष हामी नेपालीहरुले कुर्नुपर्ने अवस्था विद्यमान छ । तर सरसर्ती हेर्ने हो भने पानीको प्रयोगका सन्दर्भमा सरकार र निजि क्षेत्रबाट जतिचासो र कृयाशिलता छ खानीको उपयोगका क्षेत्रमा विगतमा सरोकारबालाहरुको त्यति ध्यान नभएको अवस्था छ । नेपालको कुल १५ प्रतिशत क्षेत्रफल रहेको हिमाली क्षेत्र र विश्वका १० वटा अग्ला हिमालहरुमध्ये ८ वटा हिमालहरु नेपालमा रहेको तर यी हिमालहरुमा रहेका खानीका संभावनाहरुका वारेमा सरकारको ध्यान जान जरुरी छ । हाम्रा पहाडी र तराई क्षेत्रमा रहेका खानीहरुको उत्खनन् र यसको समुचित प्रयोगकावारेमा समेत ठोस नीति वन्न र कार्यान्वयन हुन जरुरी छ ।
वर्तमान सरकारले समृद्धिको यात्रामा देशको अर्थतन्त्रलाई मजबुद बनाउनका लागि खानीको उपयोगका सन्दर्भमा ठोस नीति र योजना तर्जुमा गरिसकेको छ । उदाहरणको रुपमा हामीले सिमेन्ट उद्योगलाई लिन सकिन्छ । चुनढुङ्गमा नेपाल सम्पन्न भएर पनी बिगतमा यसको परिचालन भएको थिएन । भारतबाट आयातित सिमेन्टले नेपाली सिमेन्टको मागलाई पुरा गरिरहेको अवस्था थियो । तर आज सिमेन्टमा नेपाल आत्ननिर्भर बनिसकेको अवस्था छ । सरकारी तवरबाट मात्रै नभएर बैदेशिक लगानीका माध्यमबाट हवाङ्गसी, हवासिन लगायतका बैदेशिक लगानीमा स्थापित उद्योगहरुले नेपाली सिमेन्टको बजारको मागलाई धानेका मात्रै छैनन की यिनीहरुले आयातलाइ बिस्थापित गरि व्यापार घाटाको न्युनिकरण गर्नुका साथै देशको अर्थतन्त्रलाई मजबुद बनाउने काम पनि गरिरहेका छन् ।
नेपाल पानीमा मात्रै होइन, खानीको पनि प्रचुर संभावना वोकेको देश हो । समृद्धिको यात्रामा अब सरकारले खानीका अनेक क्षेत्रहरु फलाम तामा, कोइला आदिको समुचित पहिचान, उत्खननलाई अगाडी बढाई समृद्धिको यात्रामा इँटा थप्ने काममा अघि बढनु पर्दछ । फलाम खानीमा धनी हाम्रो देशमा विगतमा कुनैपनि खानीहरुको उत्खनन प्रक्रिया अगाडी बढेको थिएन । तर यो सरकारले अब फलाम खानीहरुको उत्खनन प्रक्रियालाई अगाडी बढाएको छ । नवलपुरको होक्से गाउँपालिकामा रहेको धौवादी फलाम खानीको स्थापना यसका उदारणहरु हुन । समृद्धिको यात्रामा खानीहरुको उत्खनन र त्यसको प्रयोग आफैमा एउटा महत्वपुर्ण काम हो । तर फलामको उत्खनन र प्रयोगबाट मात्रै नभई हाम्रो देशमा रहेका अन्य खानीहरु युरोनियम, सुन, प्राकृतिक ग्यास, आदिको व्यापक अध्ययन अनुसन्धान गरि त्यसको उत्खनन् र उपयोग गर्ने हो भने नेपालले समृद्धिको मार्गचित्रमा फड्को मार्न धेरै समय पर्खिनु पदैन । चक्रपथबाट