सोमबार मन्त्रिपरिषद्को बैठक बस्यो भिडियो कन्फ्रेन्स मार्फत । सिंगापुरमा उपचारका लागि गएका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको अध्यक्षता गर्दा पनि फरक नपर्ने अवस्था थियो । प्रधानमन्त्रीले सिंगापुरबाटै मन्त्रीपरिषद् बैठकमा सहभागि हुनका लागि अहिलेको इन्टरनेटको भूमिका महत्वपूर्ण रहेको पक्कै हो । कुनै पनि प्रविधिको सहि तबरले प्रयोग गर्न सकेको खण्डमा जुन सुकै पनि काम गर्न सहज मात्र होइन महत्वपूर्ण पनि हुन्छ । विश्वमा प्रविधिले धेरै सहज बनाएको पक्कै पनि छ । तर त्यही प्रविधिको प्रयोग गलत तरिकाले गर्दा मानिसको ज्यानै जाने सम्मको पनि अवस्था सृजना नभएका पनि होइनन् । जे होस जुन सुकै पनि काम गर्नका लागि बनाइएका प्रविधिहरुले गर्ने सकारात्मक अनि नकारात्मक पाटोले गर्दा नै आम रुपमा समस्या निम्तने हो ।
यही प्रविधिले गर्दा विश्वमा धेरै समस्या पनि सृजना नभएका होइनन् । तर त्यस्ता समस्याको समाधानको उपाय पनि प्रविधिकै प्रयोग त हो । असान्जको विकिलिक्स मार्फत विश्वको दिमागलाई सताउने प्रविधि होस या पनामापेपर्सको रिपोर्ट निकाल्ने प्रविधिहोस आम तबरले सही भएपनि निश्चित केही कसैलाई भने पक्कै पनि अप्ठेरो भने पारेकै छ । जब कुनै पनि समयमा केही काम गर्नका लागि अन्य चिजको सहायता लिइन्छ त्यही त हो प्रविधि । त्यही प्रविधिको सहि प्रयोग गर्न नसक्दा समस्या भएको छ । आणविक हतियार निर्माण गर्ने प्रविधिको प्रायोगले गर्दा विश्वका कति मुलुकलाई फाइदा नै भएको भएपनि एक्लो उत्तर कोरियाले विश्वलाई एकाछेउबाट तर्साइरहेको अवस्था हो । भारत तथा पाकिस्तानले आ–आफ्नो दम्भ देखाउन खोज्दा देखिएका अन्यौल अनि तनाबको अवस्थाले गर्दा पनि विश्वलाई त्रसित बनाएको अवस्थ हो । प्रविधिको सहि प्रयोग गर्न सकेको खण्डमा हाम्रो मित्र हुन सक्छ भने त्यसैको गलत प्रयोगले हाम्रो मृत्युलाई नै निम्ता पनि दिन्छ ।
स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भिडियो कन्फ्रेन्स मार्फत मन्त्रिपरिषद् बैठक सञ्चालन गरेर नेपालमा प्रविधिको विकास भएको भन्ने तथ्यलाई अझै मजबुत बनाए । यही प्रविधिको प्रयोग गरेर साइबर अपराध गर्नेहरु पनि धेरै छन् । त्यसैले प्रविधिको सही प्रयोग गर्न सकेको खण्डमा हाम्रो दैनिक जीवनमा धेरै सहयोगी हुने भएकाले यसको प्रयोगलाई व्यस्थीत बनाउनै पर्छ । जब सम्म प्रविधिको प्रयोगलाई नियमन अनि व्यवस्थीत गर्न सकिदैन तब सम्म मुलुकमा अराजकता फैलने भएकाले प्रविधिलाई मजबुत तबरले नियमन गर्न आवश्यक छ ।
Previous Articleवार्षिक कार्यक्रम सार्वजनिक
Next Article सेतो गुराँस सहकारीको तीज कार्यक्रम