म्याग्दीका तीनवटा कार्यालयले चालु आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालन गर्ने कार्यक्रम र स्वीकृत बजेट सार्वजनिक गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले सोमबार बेनीमा संयुक्त कार्यक्रमको आयोजना गरी स्वीकृत बजेट तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
कार्यक्रम सार्वजनिक गरेका कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पतालको कार्यक्षेत्र म्याग्दी र मुस्ताङका सबै स्थानीय तहमा हो भने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले म्याग्दीका ५, बागलुङका दुई र पर्वतको एक स्थानीय तहलाई समेटेको छ । कृषि र पुशपालनसँग सम्बन्धित तीनवटा कार्यालयले चालु आवका लागि नौ करोड ३८ लाख रुपैयाँ बजेट र कार्यक्रम सार्वजनिक गरेका छन् ।
परियोजनाका वरिष्ठ कृषि अधिकृत सुर्यप्रसाद बरालले चालु वर्षमा सुन्तला र बंगुर जोन कार्यक्रमका लागि तीन करोड ५३ लाख रुपैयाँ बजेट आएको बताए ।
Previous Articleएसेज शृंखला : स्टोक्सको शतकसँगै इंग्ल्यान्ड १ विकेटले विजयी
Next Article प्रविधिको सहि प्रयोग