विश्वमा कुनै पनि ठाउँमा हुने बसोबास अनि त्यस क्षेत्रमा परापूर्व काल देखि बसोबास गर्दै आएको समूदायहरुको ठूलो चाप छ भन्दा फरक पर्दैन । नेपाल मात्र होइन विश्वका धेरै स्थानमा आदीवासीहरुको समुदाय निकै छ । नेपालमा पनि आदिवासी जनजाती भन्ने गरिएको भएपनि को चाँही मुख्य रुपमा आदीवासी हुन् भनेर टुङ्गो लगाउन सकिएको छैन । आदी भनेको धेरै पुरानो ऐतिहासीक समय देखि भन्ने बुझाउछ, यसर्थमा कुनै पनि ठाउँमाा धेरै पुरानो समय देखि बसोबास गरिरहेको र त्यस भूमिको माटोलाई नै प्रयोग गरेर आफ्नो जीवन विताइरहेका आफ्नो पुस्ताको सृजनाको संरक्षण अनि सम्बद्र्धन गर्दै अगाडी बढ्ने समूदायलाई नै आदिवासी भनेर ब्याख्या गर्ने गरिएको पाइन्छ ।
आज ९ अगष्ट अर्थात् विश्व आदीवासी दिवस । सन १९९४ डिसेम्बर २३ मा भएको संयुक्त राष्ट्रसंघको साधारणसभाले ९ अगष्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने निचोड निकालेको थियो । यती मात्र नभएर संयुक्त राष्ट्रसंघले सन १९९४ देखि २००४ लाई आदिवासी दशकको रुपमा समेत मनाएको थियो । आदीवासीहरुको सम्मानमा कर्म र मर्यादाकालागि दशक भन्ने नाराका साथ आदीवासी दिवसको घोषणा गरेको राष्ट्रसंघले प्रत्यक वर्ष आदिवासी दिवस मनाउने निर्णय सँगै विश्वभर नै दिवस मनाउने जुन कार्य गरेको छ त्यो निकै सराहनिय छ । मानवसभ्यताको विकास सँगै बसाइसराईको क्रम शुरु भए पछि आप्रवासीहरुको घनत्व बढ्दै गएको र उनीहरु बीच पहिचान, अस्तित्व, फरक गुण अनि आफ्नो चालचलनमा कमी आउन थालेको देखिन्छ । त्यही कारणले गर्दा स्थानियता र त्यसको पहिचान जोगाइराख्नका लागि आदिवासीहरुको महत्व र आवश्यकता ठानेर आदिवासी दिवसको रुपमा मनाउन थालिएको हो ।
अहिलेको पछिल्लो अवस्था हेर्ने हो भने विश्वको कूल जनसंख्याको ५ प्रतिशत रहेका आदिवासीहरुले विश्वको कूल गरिब जनसंख्याको भने १५ प्रतिशत भाग ओगटेका छन । पृथ्वीको ध्रुविय क्षेत्रदेखि दक्षिण प्रशान्त किनारसम्म रहेका आदिवासीहरुको पहिचान र उपस्थिती घट्दो क्रममा छ किनकि पछि बसोवास गरेर आएका आप्रवासी समूदायहरु पेशा, पहिचान, बसाई लगायतका विविध कारणहरूले हावी हुँदै आएका छन् । आगन्तुकहरुको बढ्दो घनत्वका कारण स्थानिय रैथानेहरुमा आएको कमीले गर्दा आदिवासीहरु लोप हुने अवस्थामा पुगेको अवस्था हो । बिभिन्न अध्यनहरुले स्पष्टसंग आदिवासी र गैर आदिवासी समूदायबिच शैक्षिक अवसर, विकास अनि समष्टिगत रूपमा मानवअधिकारका सुबिधाहरुमा भएको ठूलो असमानता देखाउँदछ । यस्तो अवस्था देखिएको भएपनि त्यस्ता खाडलहरु पुरेर विश्व समूदाय अगाडी बढ्नु पर्ने अवस्था हो । जव सम्म आदीवासीहरुको पहिचान जोगाउन सकिदैन तब सम्म विश्व समूदायको उन्नती नहुने भएकाले आदिवासीहरुको अस्तित्व जोगाउन तर्फ हामी लाग्नै पर्छ ।
Previous Articleआत्महत्या गर्न दुरुत्सान दिन नहुने
Next Article रुप्से दैनिक ! २४ श्रावण २०७६