संघीय सरकारकी महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले सरकार भ्रष्टाचार नियन्त्रणको अभियानमा शून्य शहनहिलतामा रहेको बताउनुभएको छ । बेनीमा भएको जिल्ला समन्वय समिति म्याग्दीको चौथो जिल्ला सभाको आइतबार सदरमुकाम बेनीमा उद्घाटन गर्दै उहाँले भ्रष्टाचार गर्नेहरुलाई कुनै पनि हालतमा सरकारले नछाड्ने बताउनु भयो ।
पहिला देखि भै रहेको गलत प्रवृत्ति रोक्ने काममा सरकार लागेको बताउँदै मन्त्री थापाले भन्नु भयो भ्रष्टाचारीलाई कानुनी कठघरामा ल्याउने काम भैरहेको छ । मन्त्री थापाले प्रधानमन्त्री आफूले पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न’ भन्ने प्रतिबद्धताका साथ भ्रष्टाचार नियन्त्रणका लागि अभूतपूर्व किसिमले काम भएको बताउनुभयो । भ्रष्टाचार अन्त्य गर्नका लागि सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताउँदै भ्रष्टाचारीहरु धमाधम समातिएको हुँदा उनीहरुलाई नियन्त्रणमा लिएर मुद्दा लगाइएकाले भ्रष्टाचारीहरु छटपटाउँदै जान थालेको बताउनुभएको छ ।
सरकारबाट भएका राम्रो कामले गर्दा अत्तालीएकाहरुले अहिलेको सरकारलाई असफल बनाउनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरु लागिरहेको मन्त्री थापाको भनाइ छ । उहाँले सरकारले अगाडि सारको ठोस योजनासहितको कदमलाई अप्ठ्यारो पार्न र असफल बनाउन चारैतिरबाट अनेक ढङ्गले लागिपरेको र संसद समेत विनाकारण अवरुद्ध भैरहेको बताउनुभयो ।
मन्त्री थापाले उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेर सरकार अगाडी बढेको बताउँदै उहाँले भन्नु भयो राष्ट्रपति महिला उत्थान कार्यक्रम लगायतका अन्य कार्यक्रमले पनि सरकारको लक्ष्यका बारेमा प्रष्ट्याउँछ ।
सरकार भ्रष्टाचारका लागि शून्य शहनशिलतामा छ: मन्त्री थापा
Previous Articleस्वास्थ्य कार्यालयको ताला तोडियो
Next Article बेनीमा स्तनपान सप्ताहसम्बन्धी कार्यक्रम