नेपाली राजनीतिमा आशा गरीएका र प्रयोग भएका नेताहरुको जमघट नै अहिलेको वर्तमान अवस्था हो । यस्तै अवस्थामा राजनैतिक रुपमा प्रयोग नभएका केही नेताहरु मध्ये योगेश भट्टराई पनि एक थिए । उनी अब भने निकै ठूलो जालो भएको ठाउँमा गएर प्रयोग हुदैछन् । तर उनले कस्तो प्रकारको नतिजा ल्याउने हुन् भन्ने कुरा भने समयले नै देखाउनेछ । योगेश सम्भावना भएका मध्येका एक नेता हुन् र उनले गर्ने प्रत्येक काममा पनि त्यो झल्कन्छ नै । सरकारको नेतृत्व गरेको नेकपाका नेता योगेशले सरकारको डिफेन्सका लागि निकै महत्वपूर्ण भूमिका खेलेका थिए । उनकै त्यस्तै भूमिकाको कारणले नै उनलाई संस्कृति, पर्यटन नागरिक तथा उड्ययन मन्त्री बनाइएको भन्नेको जमात पनि कम छैन । योगेश काममा विश्वास राख्ने र नेतृत्व गरेर सकारात्मक पविर्तन चाहने व्यक्तित्वका कारणले पनि सवै नेपालीहरुले पर्यटन मन्त्रीका रुपमा उनको सकारात्मक कामको आशा गर्नु स्वभाविक हो ।
पञ्चायत विरुद्धको आन्दोलन हुँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व हुँदै तत्कालिन नेकपा एमालेको सचिव तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हाली सकेका योगेशबाट नेपाल भ्रमण वर्ष २०२० लाई भव्य रुपमा सफल पार्दै २० लाख भन्दा बढी पर्यटक नेपाल भिœयाउनु पर्ने जिम्मेवारी पनि छ । विदेशी पर्यटक भिœयाउनका लागि कुराले मात्रै पक्कै पनि हुदैन । विदेशीहरुलाई नेपाल ल्याउनकालागि विदेशमै प्रचार गर्नुपर्छ । त्यसका लागि पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डका साथै व्यापारीक घराना र ट्रेकिङ एसोसियन लगायतका संघसंस्थाहरुबाट पनि सहयोग लिन पर्छ । त्यसका लागि उनले अहिले सम्मको अनुभव अनि अबको योजना पनि पक्कै प्रयोग गर्न पर्छ । जब सम्म योगेशले आफ्नो बलबुता अनि राज्य शक्तिको प्रयोग गरेर धेरैभन्दा धेरै पर्यटक भिœयाउन सकेको खण्डमा मात्रै पहिलो प्रयोग अनि क्षमताको पनि केही हदसम्म भए पनि प्रदर्शन हुन्छ ।
अहिले सम्मको अवस्थामा नेपाली राजनीतिक बृत्तलाई कर्मचारी तन्त्रले यसरी गिजोलेको छ कि कुनै पनि नेताहरुलाई चोखो नराख्न सक्छन् । एउटा संरचना यस्तो बनेको छ त्यसलाई चेन्ज गर्न खोज्नेहरु नै चेन्ज हुनुको विकल्प छैन । सामान्य एउटा दिवसको कार्यक्रमका लागि आउने बजेट पनि यति बिघ्न देखिन्छ त्यसले धेरै ठूलो काम हुन सक्छ तर पनि त्यसले त्यत्ती भन्दा धेरै काम गर्न सक्दैन । विगतमा गगन थापा, बाबुराम भट्टराई जस्ता नेताहरुलाई पनि जनताले आशा गरेकै हुन् । तर उनीहरुको अवस्था देखियो । पहिले छोटो अवधिको मन्त्री बन्दा लालबाबु पण्डीतले गरेको काम अहिले उनले त्यत्ती चित्त बुझ्दो तबरले गर्न नसक्दा आम जनता चिन्तित छन् । योगेशको पनि असफल प्रयोग नहोस् । उनी सफल हुन् र समग्र युवाहरुको आशाको केन्द्र रहेका योगेश सफल रुपमा आफ्नो कार्यकाल सकुन् शुभकामना ।
Previous Articleकार्यक्रम प्रभावकारी बनाउन क्षमता अभिवृद्धि तालिम
Next Article रुप्से दैनिक ! ०७ श्रावण २०७६