कामना सेवा बिकास बैंकका सहायक महाप्रवन्धक एवम् गण्डकी प्रदेशका प्रमुख टुवराज बास्तोलाले आम जनताले आफू संग पैसा भएमा बैंकमा ल्याएर राख्न र यदी पैसा छैन भने बैंकबाट पैसा लैजनाका लागि आग्रह गरेका छन् ।
उक्त कुरा म्याग्दीको बेनीमा कामना सेवा विकास बैंकको ९५ औं शाखाको उद्घाटनका क्रममा बताएका हुन् । म्याग्दी शाखाको उद्घाटन पछि रुप्से संग कुरा गर्दै सहायक महाप्रवन्धक बास्तोलाले म्याग्दी जिल्लामा शाखा विस्तार गरेर कृषि तथा शैक्षिक कर्जा प्रवाहलाई प्राथमिकता दिने बताए । राज्यले लिएको नीतिलाई सफल बनाउनका लागि बैंकको भूमिका रहने बास्तोलाले बताए । आफूमा भएको क्षमतालाई राज्यको विकासमा योगदान दिनका लागि आतुर युवाहरुलाई शैक्षिक प्रमाणपत्रको आधारमा ऋण प्रवाह गर्नका लागि विशेष पहलकदमी हुने उनको भनाइ थियो ।
कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बै.कले म्याग्दी क्षेत्रमा शाखा विस्तार गरेर यस क्षेत्रमा सेवा दिन खोज्नु सकारात्मक पक्ष भएको बताएका थिए । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले कुनै समय बैंकले म्याग्दी बस्दीन भनेर खातापाता बोकेर हिड्दा बेनीमै बस्नु पर्छ भन्दै रोक्नु पर्ने अवस्था रहेकोमा अहिले बैंकहरुको लक्षित स्थान बेनी भन्नु सकारात्मक भएको बताए । बेनी नगरपालिकाका प्रवक्त रामकृष्ण बराईली, कुमारी बैंकका शाखा प्रबन्धक दिपक बस्नेतलगायतले मन्तव्य राखेका थिए ।
कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम बेनी शाखा प्रवन्धक सुमन जमरकट्टेलको सञ्चालनमा सम्पन्न भएको थियो ।