माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा साउन २६ र २७ गते हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि दुई विषयमा सी वा सीभन्दा तल आउने तथा अनुउपस्थित हुनेलाई मौका परीक्षाको लागि समय तालिका सार्वजनिक गरेको हो।
बोर्डका अनुसार साउन २६ गते एक विषय र २७ गते दुई विषयको ग्रेड वृद्धि गर्न चाहनेको परीक्षा हुनेछ।
सो ग्रेड वृद्धि परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म जिल्ला सदरमुकाममा मात्रै सञ्चालन गरिने बोर्डले जनाएको छ।
परीक्षाको आवेदन फारम साउन १५ गतेसम्ममा बुझाइ सक्नुपर्नेछ।
गत असार १२ गते एसइई परीक्षाको नतिजा प्रकाशित भएको थियो।