नेपाल कृषि प्रधान देश हो । हरेक नेपाली कृषिमा निर्भर छ तर आत्मनिर्भर भने पक्कै पनि होइन । किन भने लाखौं टन खाद्यान्न आयात गर्नु पर्छ । भारत चिन मात्र नभएर भुटेर खाने मकै ब्राजिल तथा अर्जेन्टीनाबाट आयात गर्छ नेपाल । दक्षिण अमेरिकी देशबाट समेत खाद्यान्न आयात गर्ने नेपालले अफ्रिका तथा युरोपीयन मुलुकबाट पनि खाद्यान्न सामग्रीहरु आयात गर्दै आएको छ । ७० टन चामल सहयोग गर्ने दक्षिण कोरियामा नेपालीहरु अहिले रोजगारीका लागि पुग्न मरिहत्ते गर्ने अवस्था कसरी आइपुगको छ ? गम्भीर अवस्था हो तर पनि हामी त्यता तर्फ ‘नजरअन्दाज’ गर्नु सिवाय अरु प्रगति केही हुन सकेको अहिले सम्म छैन । स्थानिय तहको सुरुआत र गाउँगाउँमा सिंहदरवार भन्ने नारा सहित आएको स्थानिय तह अनि संघिय संरचनाले पनि अहिले सम्म त्यस्तो कुनै प्रगति देखाउन सकेको जस्तो छैन ।
असार १५ गते राष्ट्रिय धानदिवसको रुपमा मनाउन लागेको १६ वर्ष वित्यो । अहिले सम्म नेपालले मनाएको धान दिवसले के फरक पारेको छ र अब त्यसको प्रभाव कस्तो रहला भन्ने त समयले नै बताउला । अहिले सम्मको अवस्था हेर्ने हो भने कुनै वर्षको धान दिवसमा मन्त्रीले बिदा लिन पर्ने अवस्था आयो भने कुनै वर्ष धान दिवसलाई अश्लिल हर्कत गर्ने वर्षको रुपमा पनि लिएको पाइयो तर समग्रतामा धान र कृषि क्षेत्रको प्रवद्र्धनका लागि भने धान दिवस पक्कै पनि भएन कि? धान दिवस मनाउनु मात्र ठूलो कुरा होइन । रोप्नका लागि जमिन तयार गर्ने र त्यही स्थानमा लगेर ब्यानर टाँगेर भाषण गर्दै हिलोमा खुट्टा चोबेर मात्रै पनि धान दिवसले महत्वपूर्ण भूमिका निर्वाह पक्कै पनि गर्दैन ।
म्याग्दी जिल्लामा म्याग्दीको कुल खेती योग्य जमिन मध्ये ३ हजार ८ सय ९८ हेक्टर धान खेती गर्न योग्य जमिन छ । अहिले सम्म मात्रै १५ प्रतिशत धान रोपाइँ भएको छ । नेपालकै अधिकांस स्थानको समस्या नै धान खेती कम हुनु नै हो । त्यै पनि खेती हुन सक्ने जमिन पनि केही बाँझो र कतिपयमा प्लटिङ गरेर मरुभूमिकरणको मार्गमा जानु निकै ठूलो समस्या हो । जब सम्म खेतीयोग्य जमिनलाई जोगाएर राख्दै कृषिमा आधुनिकिकरण र उत्पादनमा बृद्धि गर्ने विधि तर्फ लागिदैन तब सम्म हरेक वर्ष मनाउने धान दिवस र कृषि आधुनिकिकरण जस्ता नाराले मात्र अर्थ राख्नेवाला छैन ।
Previous Articleशान्तिसुरक्षा र सुशासनमा जोड: अधिकारी
Next Article रुप्से दैनिक ! १६ असार २०७६