बेनी बजारकाे गणेशटोलमा रहेको लामा रेष्टुरेन्टले नयाँ व्यवस्थापनका साथमा हस्पीटल चोकबाट पनि सेवा शुरु गरेको छ । लामो समय सम्म होटल डल्फीनमा अनुभव लिएका राजन लामाले गणेशटोल स्थित लामा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका थिए । आधुनिक युगमा प्रविधि र सेवा सुविधालाइ मुल मन्त्र बनाएर हस्पिटलचोकबाट सेवा दिन शुरु गरेको सञ्चालक राजन लामाले बताए ।
बसपार्क क्षेत्र र मुक्तीनाथ दर्शनका लागि आउने आन्तरीक तथा बाह्य पर्यटकलाइ सेवा दिने लक्ष्यसहित असार १५ गतेबाट सेवा सञ्चालनमा आएको लामा रेष्टुरेन्ट तथा गेष्ट हाउसमा आरामदायी तथा सुविधासम्पन्न काेठाहरु रहेका छन् । प्रत्येक कोठामा टेलीभिजन तथा एट्याच बाथरुम सहितको सुविधा उपलब्ध गराइने छ ।
प्याकेजमा आउनेलाइ सुविधा दिनुका साथै लामो तथा छोटो दुरीको यात्राकालागि गाडीको समेत व्यवस्थापन गरीने लामाको भनाइ छ ।