नेपाल कम्युनिस्ट पार्टी नेकपाले राजनीतिक प्रतिवेदनलाई सम्पादनमा लैजाने निर्णय गरेको छ ।
शनिवार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले राजनीतिक प्रतिवेदनलाई सम्पादनका लागि पठाउने निर्णय गरेको हो । नेकपाका महासचिव विष्णु पौडेलले वैठकले राजनीति प्रतिवेदनलाई सम्पादनका लागि पठाउने निर्णय गरेको जानकारी दिनुभयो।
बैठकमा प्रधानमन्त्रीले आफ्नो युरोप भ्रमणका बारेमा पनि जानकारी गराउनुभएको थियो । एकता प्रक्रिया छिटो टुङ्गयाउने बिषयमा छलफल भएपनि कुनै निर्णय नभएको उहाले बताउनुभयो । एकीकरणका बाकीकामलाई छिटो भन्दा छिटो सम्पन्न गर्नका लागी केहि गृहकार्य बाकी रहेको महासचिव पौडेलले जानकारी दिनुभयो ।
यसअघि गत जेठ २३ गते बसेको बैठकमा पार्टी केन्द्रीय सदस्यको कार्यविभाजनका विषयमा छलफल भए पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष युरोप भ्रमणमा जानुपर्ने र कार्यविभाजनबारे तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । सचिवालयको अर्को बैठक छिटै बोलाइने नेताहरुले बताएका छन् ।