प्रत्येक वर्ष पृथ्वीको तापक्रम बढ्दै गइ रहेको भन्ने वैज्ञानिकहरुले खुलासा गर्दै आएको भएपनि अब कति समय सम्म पृथ्वीमा जीवअस्तीत्वका बारेमा भने केही तथ्य निकालीएको छैन । जे होस अहिले सम्मको अवस्था हेर्ने हो भने विश्वमा बसोबास गर्ने हामी मानव अनि हाम्रो जीवनका लागि रहेका सबैको अस्तीत्व रहन पर्छ र त्यसका लागि पृथ्वीलाई जोगाउन तर्फ हामी नै लाग्नु पर्छ । अहिले बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समूदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नकालागि सन् १९९५ देखि हरेक वर्ष विश्व समूदायले विश्व खडेरी विरुद्धको दिवस मनाउँदै आएको छ । खडेरी अनि मरुभूमिकरणका कारणले नै विश्वको अस्तित्व सकिने तर्फ सोच्दा पनि हुन्छ ।
प्रत्येक वर्षको १७ जुनका दिन विश्व समुदायले खडेरी विरुद्धको दिवस मनाउँदै आएको छ । तर विश्वमा बढ्दो खडेरीलाई नियन्त्रण गर्न तर्फ कसले कसरी पाइला चालेको छ । बढ्दो खडेरी तथा मरुभूमिकरणको कुरा गर्दाखेरि भौगोलीक परिरस्थिति अनुसारका अनेक मानवीय क्रियाकलाप अनि प्रकृतिसंग निरन्तर भईरहने अविवेकी प्रयोग नै २१ औं शताब्दिमा प्रकृतिले भोग्दै आएको निकै ठूलो समस्या हो । हुन त हामीले भन्दै आएका पनि छौं केही हदसम्म खडेरीलाई प्राकृतिक असरका रुपमा पनि हुन्छ । स्थानीय मौसममा व्यापक फेरबदल हुन्छ र भूमिको उत्पादक क्षमतामा कमी हुन आई उत्पादनशील भूमि क्रमशः अनुत्पादक हुन थाल्दछन् । यसले गर्दा मरुभूमिकरण बढ्दै जान्छ त्यसको मुख्य कारण खडेरी नै हो ।
प्रकृतिले निर्माण गरेको उत्कृष्ट जीव मानिस नै हो तर यही मानिसले नै प्रकृतिको दोहन गरेको पनि छ । हामी बसेको संसार र सृष्टिमा प्रकृति नै सबैभन्दा विशाल, अद्भूत एवम् अद्वितीय कुरा हो । प्रकृतिलाई हामीमध्ये कसैले पनि आफ्नो वसमा राख्न सम्भव छैन तर प्रकृतिलाई सुहाउँदो वातावरण सृजना गरी त्यसको जर्गेना गरी भावी पुस्ताकालागि यसका असिम सम्भावना तथा निर्विकल्प महत्वको ज्ञान हस्तान्तरण गरेर यसको संरक्षण गर्न सक्दछौं । एउटा कुरा प्रस्ट छ ! प्रकृति हामी अनुसार चल्दैन, प्रकृति अनुसार हामी चल्न जरुरी छ । त्यसैले आज विश्व खडेरी विरुद्धको दिवसको अवसरमा हामीले हाम्रो प्रकृतिको संरक्षण गर्दै खडेरीलाई नियन्त्रण गर्न तर्फ एक पटक सोच्ने हो कि ?
Previous Articleताकम–कोत मन्दिरको पुनर्निर्माणमा भक्तपुरे इट्टा !
Next Article स्वास्थ्यकर्मीलाई बालरोगको एकीकृत व्यवस्थापन तालिम