नेपाली कांग्रेसको हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान अन्तर्गत शनिबार बेनी नगरपालिका–६, थाकनपोखरीमा आमभेला सम्पन्न भएको छ ।
भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मीले नेपाली कांग्रेसले जनताका लागि काम गरेको हुँदा जनताले कांग्रेसलाई नै विश्वास गरेको बताए । उनले र्वतमान सरकारले राष्ट्रविरुद्ध दमन गरेको र दुई तिहाइको दम्भ देखाएरको आरोप लगाउँदै कार्यकर्तालाई सरकारविरुद्ध खबरदारीसहित सरकारले गरेका गलत कामको भण्डाफोर गर्न आह्वान समेत गरेका छन् ।
कार्यक्रममा बेनी नगर सभापति अनोद श्रेष्ठ, वडा न ८ का वडा सदस्य हिमबहादुर भण्डारी, सदस्य हिरा पुन तथा मनोज कार्कीले मन्तव्य राखेका थिए । कार्यक्रम ओमबहादुर खत्रीको अध्यक्षता, हरि पौडेलको स्वागत र विशाल खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleडिजिटल ड्रग
Next Article मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिनुपर्ने