पछिल्लो समय प्रत्येक परिवारलाई भएको एउटै चिन्ता भनेको बालबालिकामा भएको मोबाइलत तथा ल्यापटप लगायतका डिजिटल सामग्री प्रतिको बढ्दो लगावबाट कसरी छुटाउने भन्ने नै हो । दैनिक घण्टौं मोबाइलमै भुल्ने बालबालिकाका कारण परिवार आक्रान्त भएको भए पनि त्यसको समाधानका लागि के गर्न सकिन्छ भन्ने तर्फ भने परिवार सोच्नै नसकेको अवस्था हो । विहान बेलुका कोठामा आइपुग्दासाथ मोबाइलमा ध्यान दिने पढाइ तथा अन्य क्रियाकलापमा ध्यानै नदिएको कारणले गर्दा बालबालिकामा डिजिटल माध्यमले ड्रगको रुपमा काम गरेको छ । मोबाइल, ट्याब, ल्यापटप अहिलेका बच्चाहरुमा नसाकै रुपमा आएका छन् । मोबाइल बिना खाना नखाने, मोबाइल भएन भने नपढ्ने जस्ता गुनासाहरु प्रत्यक विद्यालयमा आफ्ना बालबालिकाले गरेको भन्दै पुग्ने अभिभावकहरुको संख्या पनि बढ्दो छ ।
बच्चाहरुमा हुने जिद्दिपन तथा उनीहरुले आफूले गर्ने सबै काम निकै उत्कृष्ट भएको दावी गर्ने र उनीहरुले आफूले चाहेको नभएमा गर्ने झगडा थेग्न भन्दा जे सुकै होस भनेर मोबाइल दिने अभिभावकहरुको संख्या धेरै छ । बालबालिका बढि मात्रामा मोबाइल तथा डिजिटल माध्यममा भुल्ने गर्दा उनीहरुको मस्तिष्कमा लागुपदार्थको लत जस्तै लत बस्ने र त्यसलाइ हटाउनका लागि निकै कठीन हुने विज्ञहरुको धारण सार्वजनिक भएको कारणले गर्दा मोबाइल तथा अन्य डिजिटल माध्यम चलाउने बानी परेका बालबालिकाहरुलाई कसरी छुटाउने भन्ने चिन्ता बढ्नु स्वभाविक हो । तर चिन्ता लिएर भन्दा पनि उनीहरुको आवश्यकता नै होइन मोबाइल तथा अन्य डिजिटल माध्यम भन्ने बुझाउन जरुरी छ ।
बालबालिकाका मागहरु सुन्ने तर बहस नगर्नु एउटा उत्तम उपाय पनि हो । बालबालिकाहरुले डिजिटल उपकरणका लागि माग गर्दा कुरा सुन्ने तर बहस नगर्नु उचित हुन्छ । तर जबरजस्ती भने पक्कै पनि गर्नु हुदैन । हामीले जबरजस्ती गरेको खण्डमा उनीहरुको स्वभाव विद्रोही बन्दै जाने भएको कारणले गर्दा झन फरक असर गर्न सक्छ । उनीहरुलाई मोबाइल दिएर जिद्दिबाट पन्छिनु भन्दा जति सक्यो धेरै कुराकानी गर्न समय दिएको खण्डमा उनीहरु त्यो बिर्सन सक्छन् । बरु अन्य खेलौनाहरु उनीहरुलाई दिएमा राम्रो हुन्छ । बालबालिकालाई पनि सम्मानपूर्ण व्यवहार गर्नु आवश्यक हुन्छ । बालबालिकालाई डिजिटल ड्रगबाट छुटाउनका लागि हामीले नै उनीहलाई बढी ध्यान दिँदै मोबाइल तथा अन्य डिजिटल सामग्री उनीहरुको तत्कालिन आवश्यकता होइन भन्ने बुझाउन सक्नु नै त्यसबाट छुटकरा दिलाउने उपाय हो । त्यसैले हामीले बालबालिका सँग धेरै समय बिताउँदै उनीहरुको कुरा सुन्ने र उनीहरु सँग छलफल गरेको खण्डमा त्यस्ता लतबाट छुटाउन सकिन्छ ।
Previous Articleरुप्से दैनिक ! १२ जेठ २०७६
Next Article नेपाली कांग्रेसको जागरण अभियान