सदरमुकाम बेनीबाट १२ जना यात्रु बोकेर तोरीपानीतर्फ गइरहेको ना ५ ख ५७२४ नम्बरको बस बुधवार साँझ ५ बजे बेनी नगरपालिका–९ भुतादैला नजिकबाट तल खस्दा सवार सबै यात्रु घाइते भएको कान्तीपुर अनलाइनले समाचार छापेको छ ।
स्थानीय शिक्षक हरिप्रसाद ढुंगानाका अनुसार बस दुर्घटनामा परी पूर्व सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका बनेपा–९ का यामबहादुर चोखाल, सोही ठाउँका रुद्रबहादुर चोखाल, पुष्कर शर्मा ओखले, वसन्त शर्मा ओखले, सागर बानियाँ लगायत रहेका छन् ।
घाइतेलाई उपचारका लागि बेनी अस्पतालतर्फ लगिएको छ । बस सडकदेखि अन्दाजी ७ मिटर तल खसेको थियो ।
घटनाको थप बिवरण आउन बाँकी छ ।