विश्वमा बर्ड फ्लुको संक्रमणले आक्रान्त भएको यथार्थ सबैलाई थाहा भई रहेको अवस्था नै हो । विश्वबाट यही रोगको कारणले गर्दा खर्बौं डलर नोक्सानी भएको छ भने पंक्षीमा मात्रै नभएर मानवमा पनि यो रोग सर्ने भएकाले निकै घातक पनि मानिन्छ । विश्वमा खर्बौं डलरको नोक्सानी र करोडौं पंक्षी नष्ट गरिएको भए पनि मानिसको मृत्यु भएको भने करिब एक हजार जना पुग्न लागेका छन् । सन १९९६ मा बर्ड फ्लु रोग पत्ता लागेपछि हाल सम्मको अवधिमा आठ सय ६० जना मानिसको मृत्य बर्डफ्लुका कराणले भएको छ । बर्डफ्लु एच फाइभ एन वान भाइरसको संक्रमण हो । यही भाइरसको संक्रमणबाट गत चैत्र १५ गते काभ्रेका २१ वर्षिय युवाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी गराए सँगै कुखुरा र पंक्षी जन्य प्राणीमा मात्र नेपालमा देखिएको संक्रमण अहिले मानिसकै मृत्यु भएको अवस्थामा पुगेको छ ।
बर्डफ्लु सन १९७८ मा पंक्षीमा देखिएको यो रोगले १९९६ मा मानिसमा देखिएको थियो । मानिसमा बर्डफ्लुको संक्रमण पत्ता लागेको २३ वर्ष पुग्दा नेपालमा पनि देखिएको छ । अहिले सम्म विश्वका यती नै देशमा यो रोगको संक्रमण भयो भन्ने भन्दा पनि हाल सम्म ७० भन्दा बढी देशमा बर्डफ्लुको संक्रमण देखिइ सकेको छ । जब सम्म मानिसले यस रोगका बारेमा सुरक्षा व्यवस्था अपनाउने तर्फ लाग्नु पर्ने हुन्छ । ७० डिग्री भन्दा माथिको तापक्रममा बर्डफ्लुका जिवाणु मर्ने भएकाले राम्रो संग पकाएर खाएको खण्डमा रोगको संक्रमण हुने सम्भावना कम देखिन्छ । काभ्रेका युवामा रोगको लक्षण देखिएपछि उनको नमुना विश्व स्वास्थ्य संगठनको कोलाबेरेटिङ सेन्टर फर इन्फ्लुएन्जा जापानमा परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनी रोगको उपचार गर्न आएको र औषधि दिएर पठाइएकोमा उनको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसले के देखाएको छ भने नेपालमा बर्ड फ्लुको संक्रमण मानिसमा पनि देखिएको र यसको उपचारमा ध्यान नदिएको खण्डमा अन्य नागरिकको पनि मृत्युको खतरा देखिएको तर्फ भने सोच्नै पर्छ ।
एक जनामा बर्ड फ्लुको संक्रमण देखिएको भएपनि अन्यमा भने अहिले सम्म कुनै पनि संक्रमण नदेखिएकोले डराउन नपर्ने सरकारी जानकारी पछि केही हदसम्म सहज महशुष गरीएको भएपनि पुरै ढुक्क हुने अवस्था भने छैन । तै पनि रुघाखोकी लाग्ने, नाकबाट पातलो पानी बग्ने, ज्वरो आउने र टाउको दुख्ने, मांसपेशीहरु दुख्ने, मन आत्तीने, झाडापखाला लाग्ने, कमजोर भएको महशुष गर्ने, पेटको तल्लो भाग दुख्ने, भोक नलाग्ने, तिर्खा बढी लाग्ने, श्वासप्रश्वासमा असामान्य परिवर्तन हुने, थुकमा रगत देखिने, घाँटीमा जलन हुने तथा निमोनिया हुने जस्ता समस्या देखिएमा बर्डफ्लुको आशंका गर्न सकिन्छ । त्यसैले यस रोगबाट बच्नका लागि हामीले समयमै ध्यान पु¥याउँदै अगी बढ्नु आवश्यक छ ।