धनगढी, १५ कात्तिक – सात जना विद्याथीले मुखको आवाजको कमाण्डले बत्ति, टिभी, फ्यान अफ र अन हुने प्रविधिको निर्माण गरेका छन्। उनीहरुले बोलीको कमाण्डबाट चल्ने रोबोटसमेत बनाएका छन्। शुक्रबार उनीहरुले आफूले बनाएका प्रविधि पत्रकार सामु प्रस्तुत गरेका छन।
घर अगाडि चोर आएमा मोवाइलमा फोन र म्यासेज आउने, मान्छेको उपस्थिति भएमात्र पंखा चल्ने र मान्छे बाहिर निस्कने बित्तीकै बन्द हुने स्मार्ट फ्यान पनि उनीहरुले बनाएर प्रस्तुत गरेका छन्। आफ्नै प्रयत्नमा अनुसन्धान गरेर ती प्रविधि बनाएको उनीहरुले बताएका छन्।
कंचनपुर बेदकोट नगरपालिका–१३ का २१ वर्षीय निरज शाह, झलारी नगरपालिका– ११ का उत्तरराज जोशी, बैलौरी नगरपालिका–१९ सुदीप श्रेष्ट, कृष्णपुर नगरपालिका–६ सुदीप श्रेष्ट, कृष्णपुर नगरपालिका–६ का रोसन देउवा, अछाम घुघुरकोट– ६ का २३ वर्षीय निरज शह, धनपा– २ का अर्जुन पुरी मिलेर विभिन्न प्रविधिको निर्माण गरेका हुन्।
रुची भएकाले इन्टरनेटबाट बिभिन्न जानकारी दिएर भ्वाइस कमाण्डवाट खोल्न र बन्द गर्न सकिने प्रविधिको निर्माण गरेको राविन्द्र रानाले बताए । मोवाइलमा सेट गरेर अन भने पछि बत्ती बल्ने र अफ भन्दा बन्द हुने गरेको उनले बताए। उनले रोवोट चलाएरै देखाए।
अपांगगता भएका व्यक्तिकालागि यो प्रविधिमार्फत ह्विलचेयर बनाएर फाइदा उठाउन सकिने अर्का विद्यार्थी निरज शाहले बताए। स्माट फ्यानवाट यसैगरी पंखा बन्द गर्न बिर्सेर वाहिर जाँदा पंखा घुमिराख्ने समस्या झेल्नु नपर्ने उनको भनाइ छ।
बिभिन्न नयाँ प्रविधि बनाउन अनुसन्धानमा लागिपरेपनि सरकारी निकायले खासै सहयोग नगरेको उनीहरुले गुनासो गरेका छन्। ‘हामी अनुसन्धान गरेर समाजलाई केही नयाँ प्रविधि दिन खोजीरहेका छौं,’ अर्जुन पुरीले भने, ‘कतैबाट पनि हामीलाई सहयोग मिलेको छैन।’ ५ जना विद्यार्थी विज्ञान विषयमा अध्ययन गरिरहेका छन्। ती मध्य रोसन देउवा र रविन्द्र राना कमर्सका बिद्यार्थी हुन्। कमर्सका बिद्यार्थी भए पनि रुची भएकाले नयाँ नयाँ प्रविधि बनाउनमा सक्रिय रहेको उनले बताए।